यू–१९ एसिया कपमा नेपाल जितबिहीन

Read Time:2 Minute

यू१९ क्रिकेटमा गुमेको शाख फर्काउने लक्ष्यसहित यू–एसिया कप खेल्ने युएई पुगेको नेपाली टिम जितबिहीन बनेको छ। मंगलबार भएको समूह चरणको अन्तिम खेलमा कुवेतसँग १ विकेटले पराजित भएसँगै नेपाल प्रतियोगितामा जितबिहीन बनेको हो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४० रनको लक्ष्य कुवेतले ४८.६ ओभरमा ९ विकेट गुमाउँदै भेट्टायो । कुवेतको जितमा कप्तान मीत भावसरले शतकीय इनिङ खेले । उनले १४९ बल खेल्दै २४ चौका र १ छक्का प्रहार गर्दै नटआउट १७५ रन बनाए ।

यस्तै, जुडे साल्दान्हा २५ रन बनाए । नेपालले अतिरिक्त २५ रन दिएको थियो । त्यो नै हारको कारण बन्यो । नेपालका गुल्सन झाले ३ विकेट लिए भने शेर मल्ल, बासिर अहमद र विवेक यादवले सामान २ विकेट लिए।

त्यसअघि दुबईस्थित आइसिसी एकेडेमीमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४२.३ ओभरमा अलआउट हुँदै २३९ रन बनायो । नेपालका बसिर अहमदले सर्वाधिक ५६ रन बनाए । उनले ६१ बल खेल्दै १ छक्का र ७ चौका प्रहार गरे ।

यस्तै विवेक मगरले ७१ बलमा ६ चौकासहित ५० रन बनाए । मोहमद आदिल आलमले ४२ बल खेल्दै पाँच छक्का र दुई चौकाको मद्दतमा ४९ रन जोडे । बलिङतर्फ कुवेतका मिर्जा अहमद र अब्दुल सदिकले तीन÷तीन तथा हेनरी थोमस र मोहमद बास्तकीले दुई÷दुई विकेट लिए ।

नेपाल रहेको समूह ‘बी’बाट बंगलादेश र श्रीलंका सेमिफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् भने अफगानिस्तान र युएई बाहिरिएका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पोखरामा पिजे क्लबको फोटो प्रदर्शनी
Next post सलाह पेनाल्टीमा चुक्दा लिभरपुल पराजित
Close