यू–१९ टिमले फर्काउला त शाख?

नेपाली यू–१९ क्रिकेट टिम अहिले एसियाकप खेल्नका लागि युएईमा छ। देव खनालको कप्तानीमा रहेको नेपाली टिम सोमबार मात्र युएई गाएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा गर्विलो इतिहास बनाएको नेपाली यू–१९ टिमको प्रदर्शन पछिल्लो समय त्यति राम्रो हुन सकेको छैन । पटक पटक विश्वकप खेलेको नेपाली यू–१९ टिमले टेस्ट राष्ट्रहरुलाई पनि थुप्रै पटक हराएको छ।

दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली त्यही पुराना शाख फर्काउने योजनामा छ । लय गुमाएको आरोप खेप्दै आएको नेपाली यू–१९ टिम आगामी पुष ८ गतेबाट युएइमा सुरु हुने एसयिा कपमा उत्कृष्ट प्रदर्शन गर्दै गुमेको शाख फिर्ता ल्याउने सोचमा छ ।

सन् २०१६ यता विश्वकप खेल्न नपाएको नेपालका लागि एशीया कप क्षमता तिखार्ने सुनौलो अवसर हो । सात वर्षपछि आयोजना भएको यू–१९ राष्ट्रिय प्रतियोगिताबाट एसिया कप खेल्ने टोली तयार पारिएको छ । प्रायः सबै खेलाडीको यो पहिलो अन्तराष्ट्रिय टुर हुनेछ । शुन्य घरेलु प्रतियोगिता र कोभिडको मारमा पारेको युवा टोली प्राप्त अवसरलाई अधिकतम सदुपयोग गर्ने लक्ष्यमा छ ।

एसिया कप नेपालका लागि चुनौती र अवसर दुवै हो । प्रतियोगिता अघि नेपालले अभ्यास खेलको मौका समेत पाएन् । सिनियर टोलीसँग खेल्ने तालिका भएपनि क्रिकेट संघ र खेलाडी बीचको विवादको असर युवा टोलीमा पर्‍यो । आफूभन्दा बलिया टिमसँग प्रतिस्पर्धामा उत्रदा नेपाललाई कमजोरी सुधाार्ने र नयाँ कुरा सिक्ने मौका मिल्नेछ ।

तीन वर्षअघि विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा नेपाल डकवर्थ लुइस नियम अनुसार १ रनले पराजित हुन पुग्यो । वर्षा बाधक बनेको खेलको सोही नतिजाका कारण नेपालले २०२० को विश्वकप क्रिकेटमा स्थान बनाउन सकेन ।

यू–१९ विश्वकपका पछिल्ला दुई संस्करणमा छनोट हुन असफल रहेका यू–१९ टिमले निकै आलोचना खेप्दै आएको छ । के नेपालले एसिया कपमा यी सारा प्रश्नहरुको जवाफ देला ?

Facebook Comments Box