यू–१९ विश्वकपमा छनोट भएको नेपाली टिम आज फर्कंदै

Read Time:1 Minute

८ वर्षपछि विश्वकपमा छनोट भएको नेपाली युवा क्रिकेट टिम आज स्वदेश फर्कंदैछ। यू–१९ क्रिकेट टिम आज साँझ ६ बजे युएईबाट नेपाल आउने कार्यक्रममा छ।

युएईमा भएको यू–१९ विश्वकपको एसिया छनोटको अन्तिम खेलमा युएईविरुद्ध सनसनीपूर्ण जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा छनोट भएको थियो।

१९२ रनको लक्ष्य पछ्याएको युएईलाई अन्तिम ३ ओभरमा ११ रन चाहिएको अवस्थामा ४८औं ओभरको अन्तिम ३ बलमा दीपेश कँडेलले ह्याट्रिक लिएपछि नेपालले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान सुरक्षित गरेको हो।

यू–१९ विश्वकपको एसिया छनोटका उपाधि जित्ने क्रममा नेपालले सबै ५ खेल जितेको थियो।

Happy
Happy
100 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ए डिभिजन लिग आजबाट, खुमलटार र फ्रेन्ड्स भीड्ने
Next post पिएनजीले दियो नेपाललाई १८० रनको लक्ष्य
Close