यू–१९ विश्वकप छनोटमा कुवेतसँग खेल्दै नेपाल

Read Time:1 Minute

यूएईमा जारी आइसिसी यू-१९ विश्वकप छनोटमा नेपालले आज कुवेतविरुद्ध खेल्दैछ ।

नेपाल र कुवेतबीचको खेल नेपाली समयअनुसार बिहान ११ः१५ देखि मलेक क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छ ।

नेपालले शुक्रबार पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो ।

कुवेतविरुद्ध पनि नेपाल आफ्नो लय कायमै राख्न चाहन्छ । साथै, कुवेतविरुद्ध नेपाललाई बदला लिने मौका पनि छ । २०२१ मा भएको यू–१९ एसिया कपमा कुवेतविरुद्ध नेपाल एक रनले पराजित भएको थियो ।

जारी प्रतियोगितामा कुवेत पहिलो जित निकाल्न चाहन्छ । ऊ पहिलो म्याचमा हङकङविरुद्ध एक विकेटले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल र कुवेतसहित हङकङ, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गर्दैछन् ।

तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा तेस्रो खेल १६ फागुनमा खेल्ने तालिका छ ।

Happy
Happy
67 %
Sad
Sad
0 %
Excited
Excited
33 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बराबरीमा रोकिए वुल्भ्स र फुलमहम
Next post इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका महिला टि–२० विश्वकपको फाइनलमा
Close