युएईसँग हारेसँगै नेपाली महिला क्रिकेट टिमको विश्वकप खेल्ने सपना सकियो

Read Time:2 Minute

नेपाली महिला क्रिकेट टिम टि–२० महिला विश्वकपको एसियन छनोटमै रोकिएको छ। आइतबार दुबईमा भएको खेलमा आयोजक युएईसँग पराजित भएपछि नेपाल एसियन छनोटमै रोकिएको हो।

आइतबार भएको एसियन छनोटको अन्तिम खेल नेपाल युएईसँग ४८ रनले पराजित भयो । युएईलाई हराउन सकेको भए टि–२० विश्वकपको ग्लोबल क्वालिफायर खेल्ने नेपालको सम्भावना कायमै रहने थियो ।

६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ। नेपालले ५ मध्ये ३ खेल जित्यो । नेपाल हङकङ र युएईसँग पराजित हुँदा भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरेको थियो।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर ब्याटिङको निम्तो दिएपछि युएईले ५ विकेट गुमाएर १२७ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपाल दुई बल बाँकी छँदा सबै विकेट गुमाएर ७९ रनमै अलआउट भयो ।

नेपालका लागि इन्दु बर्माले १५ र सीता राना मगरले १३ रन बनाउनुबाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउनसमेत सकेनन् । सीताले ३ तथा इन्दु र काजलले १र१ चौका प्रहार गरेका थिए । लगातार ओपनिङ जोडीमा परिवर्तन गरिरहेको नेपालले युएईविरुद्ध इन्दु बर्मा र कविता कुँवरलाई ओपनिङ गराएको थियो ।

नेपाललाई सस्तैमा रोक्ने क्रममा युएईका समाइरा धर्निखर्कले ४ ओभरमा ५ रन मात्र खर्चेर सर्वाधिक ४ विकेट लिइन् । यस्तै खुशी शर्मा र चामानी सेनेभिरत्नले समान २ विकेट लिए ।

त्यसअघि चामानीकै अर्धशतकमा युएईले १२७ रनको स्कोर बनाएको थियो । चामानीले ३६ बल खेल्दै ७ चौका प्रहार गरेर सर्वाधिक ५२ रन बनाएकी थिइन् । यस्तै थिर्था सतिसले ४७ र काभिस एगोडेजले २२ रन जोडे । नेपालका लागि कविता कुँवरले २ लिइन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सिरि एमा एट्लान्टासँग हार्‍यो युभेन्टस, इन्टर मिलान विजयी
Next post यू १९ क्रिकेटमा सुदूरपश्चिमको पहिलो जित, कर्णाली १० विकेटले पराजित
Close