
नेपालको विश्वकप सपनामा युएई बाधक, निर्णायक खेलका फ्लप भयो नेपाली ब्याटिङ
दोस्रो पटक टि–२० विश्वकप खेल्ने नेपालको सपमना चकनाचुर भएको छ। टि–२० विश्वपको ग्लोबल छनोटको सेमिफाइनलमा युएईसँग ६८ रनको फराकिलो अन्तरले पारजित भएपछि नेपालको दोस्रो पटक विश्वकप खेल्ने सपना सपनामै सीमित बनेको हो।
पहिला ब्याटिङ गर्र्दै युएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो। निर्णायक खेलमा नेपालका ब्याटिङ नराम्ररी फ्लप भयो।
नेपाललाई हराएसँगै युएई ग्लोबल छनोटका समूह एबाट विश्वकपमा छनोट भएको छ।
पहिलो ओभरमै २ विकेट गुमाएपछि दबाबमा परेको नेपाल त्यसपछि कुनै पनि समय खेलमा फर्कन सकेन । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै, ज्ञानेन्द्र मल्लले २० र आरिफ सेखले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा युएईका अहमेद राजाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिए । यस्तै, जुनैद सिद्दिकीले विकेट लिए।
अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईलले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १७५ रन बनायो । दोस्रो ओभरमै ओपनर चिराग सुरीलाई गुमाएको युएईका लागि युवा ब्याट्सम्यान भृत्या अरविन्द र मोहम्मद वासिमले उत्कृष्ट ब्याटिङ गरे ।
वासिमले वासिमले ४८ बलमा समान ४ चौका र छक्का प्रहार गर्दै ७० रन बनाए भने अरविन्दले २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ४६ रन बनाए । यी दुई दोस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए।
नेपालका लागि ४ ओभरमा ४६ रन खर्चेर ४ विकेट लिए । उनले एकै ओभरमा मोहम्मद उस्मान र बलमा मोहम्मद वासिमलाई आउट गरेका थिए । यस्तै, जितेन्द्र मुखिया ३ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेको नाममा पनि १ विकेट रह्यो।