युएईका कप्तान आईपिएलमा

युएई राष्ट्रिय क्रिकेट टिमका कप्तान अहमद राजा इण्डियन प्रिमियर लिग (आईपिएल) खेल्ने भएका छन् । राजालाई रोयल च्यालेन्जर्स बैंग्लोर अभ्यास सहयोगीमा रुपमा टिममा सामेल गरेका छ ।

पिचको कन्डिसको राम्रो ज्ञान भएकाले राजालाई बेंग्लोरले अभ्यास सहयोगीका रुपमा राजालाई टिममा सामेल गरेको हो । यस्तै, युएईकै कातिएक मेयपनलाई बेंग्लोरले सहयोगीमा रुपमा टिममा सामेल गरेको छ । राजा र मेयपनले आईपिएल भरी बेंग्लरको अभ्यासमा सहयोग गर्ने छन् ।

राजा र मेयपन दुवै स्पिनर हुन् । युएईको पिच स्पिनलाई सहयोग गर्ने भएकाले त्यसमा बेंग्लोरका विराट कोहलीदेखि एबिडी भिलियर्ससम्मलाई अभ्यस्त बनाउन बैंकले दुवैलाई टिममा सामेल गरेको हो ।

सहयोगीको रुपमा भएपछि आईपिएलमा सहभागी हुन पाउँदै निकै खुशी भएको राजाले बताएका छन् । विश्वस्तरीय खेलाडीहरुसँग अभ्यासको मौका पाउँदा धेरै कुरा सिक्ने पाइने भएकाले आफू उत्साहित भएको बताएका छन् ।

‘मलाई बेंग्लोरका बलिङ प्रशिक्षक श्रीधर श्रीरामले कोहली र एभीडी भिलियर्ससँग चिनाए, म त्यसै मख्ख परें,’ राजाले भने, ‘म विश्वास गर्न सक्दिनँ, भिलियर्स जस्तो खेलाडीले आएर मलाई सहयोगका लागि धन्यवाद भने ।’

आईपीएलको १३ औं संस्करण १९ सेप्टेमबर देखि युएईमा हुँदैछ । बैंग्लोरले आफ्नो पहिलो खेल सनराइैजर्स हैदराबादसँग खेल्दै सेप्टेम्बर २१ देखि आईपीएल यात्रा सुरु गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP