विश्वकप लिग २ : युएईलाई हराउँदै अमेरिका चौथो स्थानमा

Read Time:1 मिनेट

एकदिवसीय विश्वकप छनोटको रोडम्यापका रुपमारहेको आईसिसी विश्वकप लिग–२मा अमेरिका चोथो स्थानमा उक्लिएको छ। स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा बिहीबार भएको खेलमा युएईामाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै अमेरिका चौथो स्थानमा उक्लिएको हो।

तालिकाको चौथो स्थानमा अमेरिकाले २५ खेलमा २५ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको युएईको भने २४ खेलबाट २६ अंक छ ।

पहिला ब्याटिङ गर्दै युएईले दिएको २५४ रनको अमेरिकाले ५ बल छँदा ९ विकेट गुमाएर भेट्टायो। उसका लागि मोनांक पटेल तथा आरोन जोन्सले अर्धशतक बनाए । कप्तान पटेलले ८५ तथा जोन्सले ५१ रनको योगदान दिए।

यस्तै, इयान हल्याण्डले ३० तथा स्टेभन टेलरले २९ रन बनाँदा गजानन्द सिंहले २६ तथा सुसान्त मोदिनीले १२ रनमा नटआउट रहे। यूएईका जुनैद सिद्धिकि र रोहन मुस्ताफाले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो । उसका लागि आर्यन लाकेर सर्वाधिक ८४ रन बनाउँदा भृत्य अरबिन्दले ५३ रनको योगदान दिए।

अमेरिकाका लागि शौरभ नेत्राभाल्करले ३ तथा ईयान होल्याण्ड, स्टेभन टेलर र क्यामरोन स्टेभसनले समान १र१ विकेट लिए ।

यस सिरिजको तेस्रो खेलमा शनिबार स्कटल्यान्ड र अमेरिका खेल्नेछन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post महिला साफ च्याम्पियनसिपको टिकट मूल्य निर्धारण
Next post एक दिन अघि सर्‍यो विश्वकप
Close