युएईमा इन्टरनेशनल टि–२० लिग हुने, खेलाडीको तलब बिग बास र सिपिएल भन्द पनि बढी

Read Time:2 मिनेट

युएईमा फ्रेन्चाइज क्रिकेट लिग आयोजना गर्ने भएको छ। खेलाडीलाई आकर्षक पारिश्रमिकसहित ‘इन्टरनेशनल टि–२० लिग’ घोषणा गरेको हो। प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले स्वीकृति दिएको छ।

जसअनुसार प्रतियोगितामा अनुबन्ध हुने खेलाडीले १० हजारदेखि ४ लाख ५० हजार अमेरिकी डलरसम्म पाउने छन्। यो लिग इन्डियन प्रिमियर लिग आईपिएल पछि सर्वाधिक पारिश्रमिक भएको लिग हुने भएको छ।

यो लिगले अस्ट्रेलियाको बिग बास, वेस्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)लाई पनि पछि पारेको छ। प्रतियोगितामा ६ टिम सहभागी हुने बताइएको छ। ती ६ मध्ये ३ टिमको लगानीकर्ता आईपिएलका टिम मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स रहने बताइएको छ।

विश्वकप चर्चित क्रिकेटलाई आकर्षित गर्ने उद्देश्यले आकर्षक पारिश्रमिक घोषणा गरिएको लिग आगामी जनवरी ६ देखि फेब्रुअरी १२ सम्म आयोजना हुने बताइएको छ। युएई टि–२० लिगका लागि अस्ट्रेलियाका भेट्रान ओपनर डेभिड वार्नरले बिग बास लिग त्याग्ने पनि बताइएको छ।

प्रत्येक टिमले १८ खेलाडी राख्नु पर्ने छ । जसमा १२ विदेशी, ३ लोकल र २ एसोसिएट्स र १ युएईको यू–२३का खेलाडी हुनुपर्नेछन्। यस्तै, प्लेइङ सेटमा कम्तिमा बढी ९ विदेशी र १ लोकल र १ एसोसिएट खेलाडी राख्नु पर्ने नियम पनि आयोजकले बनाएको छ।

प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुने छ। जसमा समूह चरणमा ३०, प्लेअफका ३ र फाइलन गरी कुल ३४ खेल हुनेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post जिससको ह्याट्रिकमा सेभियामाथि आर्सनलको सानदार जित
Next post सिटीलाई हराउँदै लिभरपुले जित्यो कम्युनिटी सिल्ड
Close