४१ ओभरमा ५ विकेट गुमाएर ब्याटिङ गर्दै अमेरिका

Read Time:1 Minute

त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपाल र अमेरिकाबीच खेल भइरहेको छ। टस जितेर ब्याटिङ रोजेको अमेरिकाले सम्हालिएको प्रदर्शन गरिरहेको छ। यो समाचार तयार पार्दासम्म अमेरिकाले ४१ ओभरको समाप्तिमा १६८ रन बनाएर ५ विकेट गुमाएको छ।

अमेरिकाका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मोनाक पटेलले १०० बलमा ८१ रन बनाएर खेलिरहेका छन्। एउटा एन्डबाट क्रमागत रुपमा विकेट लिइरहेका नेपालका बलरलाई पटेलले अर्को एन्डबाट रोक्न सफल भएका छन्।

यस्तै, अमेरिकाका लागि निसर्ग पटेलले ३९ बलमा २१ रन जोडेर पभेलियन फर्किएका थिए भने ओपनरद्वय सुशान्त मोदनी र स्टिभन टेलरले क्रमशः २८ बलमा १६ रन र १७ बलमा १४ रन जोडेर आउट भएका थिए।

नेपालका ४ जना बलरले समान १–१ विकेट लिएका छन् भने एकजनालाई कुशल मल्लले रनआउट गरेका हुन्। आफ्नो १० ओभरको स्पेल पुरा गरेका कुशल मल्लले ४५ रन दिँदै निसर्ग पटेललाई बोल्ड पनि गरेका थिए।

यसैगरी, ४ ओभर बलिङ गरेका विक्रम सोबले १४ रन, ८ ओभरमा २ मेडन राखेका सन्दीप लामिछानेले १९ रन तथा सुशन भारीले ९ ओभरमा २९ रन दिएर समान १–१ विकेट लिएका छन्। ६ ओभरमा २६ रन दिएका सोमपाल कामी तथा ४ ओभरमा ३४ रन दिएका करण केसीले कुनै विकेट लिन सकेका छैनन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post एसियन कप छनोट खेल्ने महिला टोलीको बिदाई, आजै उज्वेकिस्तान जाने
Next post अमेरिकाले दियो नेपाललाई २३१ रनको टार्गेट
Close