कोहलीले टि–२० क्रिकेटको कप्तानी छाड्ने

भारतीय कप्तान विराट कोहलीले टि–२० क्रिकेट टिमको कप्तानी छाड्ने भएका छन् । आसन्न टि–२० विश्वकपपछि टि–२० क्रिकेटको कप्तानी छाड्ने कोहलीले घोषणा गरेका छन्।

कोहलीले बिहीबार ट्विटर मार्फत आगमी अक्टोबर–नोभेम्बरमा युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकप पछि कप्तानी छाड्ने घोषणा गरेका हुन्। कोहली प्रशिक्षकसँगाको सल्लाहामा आफूले यस्तो निर्णय गरेको बताएका छन्।

‘यो निर्णयमा पुग्न सजिलो थिएन। रवि दाइ (रवि शास्त्री प्रशिक्षक) र रोहित शर्मासँग लामो कुराकानीपछि मैले यो निर्णय गरेको हुँ’, कोहलीले ट्विटरमा लेखेका छन्, ‘म टि२० विश्वकप पछि कप्तानी छोड्नेछु।’

पछिल्लो समय कप्तानीको प्रेसर आफ्नो ब्याटिङ परेपछि कोहलीले टि–२० टिमको कप्तानी छाडेका हुन्। अब उनले एकदिसीय र टेस्ट क्रिकेटमा मात्र भारतीइ टिमको नेतृत्व गर्ने छन्।

कोहलीले कप्तानी छाडेसँगै रोहित शर्मा भारतीय टिमको कप्तान बन्ने छन् । अहिले रोहित टि–२० र एकदिवसीय टिमको उपकप्तान हुन्।

कोहली भारतीय टिमका सर्वाधिक सफल कप्तान हुन् । उनी महेन्द्रसिंह धोनीलाई रिप्लेस गर्दै सन् २०१४मा टेस्ट र सन् २०१७मा एकदिवसीय र टि–२० क्रिकेट टिमको कप्तान बनेका थिए ।

Facebook Comments Box