इन्स्टामा चर्चित ‘कोहली डान्स’

अहिले सोसल मिडियाको जामाना छ । विभिन्न ठूला घटना, समाचारको सञ्चार माध्यम होइन, सोसल मिडियाबाटै हुने गरेका छन् । अधिकांशको सूचनाको माध्यम हो सोसल मिडिया । सोसल मिडियाको एउटा पोस्टले कसैले रातारात हिट बनाउँछ भने कसैलाई क्षणभरमै ‘हिरोबाट जिरो’ पनि बनाउँछ ।

भारतीय कप्तान विराट कोहली पनि अहिले सोसल मिडियामा चर्चित छन् । पछिल्लो खराब फर्मबाट गुज्रिरहेका कोहली आफ्नो खेलका कारण होइन, एउटा तस्बिरका कारण चर्चामा आएका हुन् ।

भारतीय क्रिकेटको टिमको इन्स्टाग्रामको अकाउन्टमा विराटको एउटा फोटो पोस्ट गरियो । मैदानमा डान्स गर्दै गरेकोजस्तो देखिने विराटको फोटो पोस्ट गर्दै ‘क्याम्सन के हुनसक्छ ? सुझाव दिनुहोस्’ भनिएको थियो । फोटो केही क्षणमै भाइरल भयो ।

थुप्रैले ‘कोहली डान्स’ भन्दै सेयर गरेका छन् भने कसैले ‘सिंहको जस्तो खेल, राजहाँसको जस्तो डान्स’ पनि भनेका छन् । कोहलीको त्यो फोटोमा ८ लाख ४७ हजारभन्दा बढीले लाइक गरेका छन् ।

कोहलीको त्यो फोटोमा भारतीय टिमकै सदस्य श्रेयस ऐयरले पनि क्याप्सन दिएका छन् । उनले लेखेका छन्, ‘के घुंघरु भाँचियो ।’ ऐयरको त्यो कमेन्टमा ११ हजारभन्दा बढीले रिप्लाइ गरेका छन् । त्यसमा कोहलीले पनि ‘रमाइलो साथीको महान विचार’ भन्दै रिप्लाइ गरेका छन् ।

कोहलीको त्यो फोटो न्यूजिल्यान्डविरुद्धको २ खेलको टेस्ट सिरिजअघिको हो । भारत र न्यूजिल्यान्डबीचको पहिलो टेस्ट बिहीबारकाट विलिंघटनम सुरु भएको छ । खराब ब्याटिङ गरेको भारत पहिलो पारीमा १६५ रनमै अलआउट भयो । पछिल्ला १९ पारी यता शतक बनाउन असफल रहेका कोहली पहिलो पारीमा २ रनमै आउट भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *