अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

एकदिवसीयमा कोहलीलको ४७औं शतक

भारतीय स्टार ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा ४७औं शतक प्रहार गरेका छन्।

श्रीलंकाको कोलम्बोमा जारी एसिया कपअन्तर्गत पाकिस्तानविरुद्धको खेलमा कोहलीले एकदिवसीयको ४७औं शतक प्रहार गरेका हुन्। जारी खेलमा उनले ८४ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै शतक बनाए।

कोहली अब एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने सचिन तेन्दुलकरको रेकर्डबाट २ शतक मात्र टाढा छन्। सचिनले ४९ शतक बनाएका छन्।

प्रेमदासा रंगशालामा कोहलीले चारै खेलमा शतक प्रहार गरेका छन्। उलने यसअघि यो मैदानमा श्रीलंकाविरुद्ध खेलका तीनै खेलमा शतक बनाएका थिए।

यो सँगै कोहली एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो १३ हजार रन बनाउने खेलाडी बनेका छन्। उनले २७८ खेलमा यो उपलब्धि हाँसिल गरेका हुन्।