अर्जुन साउदले शतक बनाउँदा पनि हार्‍यो सुदूरपश्चिम

Read Time:1 Minute

अर्जुन साउदले शतक बनाएपछि सुदूरपश्चिम प्रदेश जित निकाल्न असफल भएको छ। काठमाडौंमा जारी वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अर्जुन साउदले शतक प्रहार गरेपनि सदूरपश्चिम प्रदेश २ सँग ८ विकेटले पराजित भयो।

पहिला ब्याटिङ गर्दै सुदूरपश्चिमले दिएको २९१ रनको विशाल लक्ष्य प्रदेश २ ले ५ बल बाँकी छँदा २ विकेट गुमाएर भेट्टायो । उसका लागि अदिल अन्सारीले सर्वाधिक ८७ रन बनाए । विस्फोटक ब्याटिङ गरेका उनले ४३ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै, अमित यादवले ४९ र गुल्शन झाले ४६ रनको योगदान गरे। बलिङमा सुदूरपश्चिमका शेर मल्ल र नरेन्द्र साउदले ३–३ विकेट लिए।

त्यसअघि कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४१।४ ओभरमा २९० रन जोड्यो। उसका अर्जुन साउदले शतक प्रहार गरे। ११६ रन बनाएका उनले ८५ बलमा १४ चौका र ५ छक्का प्रहार गरे। उनी जारी प्रतियोगितामा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।

यस्तै, लोकेश बमले ७३ बलमा १३ चौका र १ छक्कासहित ८१ रनको योगदान दिए। बलिङमा प्रदेश २ का प्रदिप पासवानले ३ विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post खेलाडी वर्गीकरणमा असन्तुष्टी जनाउने ज्ञानेन्द्रसहित ४ क्रिकेटरले बुझाए क्यानलाई स्पष्टीकरण
Next post प्रदेश १ को लागतार दोस्रो जित, कर्णाली ७६ रनले पराजित
Close