यू–१९ क्रिकेटमा बागमतीले कर्णाललाई हरायो, फाइलन पुग्ने गणितीय सम्भावना कायमै

Read Time:1 Minute

काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ। मंगलबार मुलपानी क्रिकेट भएको खेलमा बागमतीले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको हो।

पहिला कर्णाली प्रदेशले दिएको ७९ रनको विजयी लक्ष्य बामतीले १९.५ ओभरमा ९ विकेट गुमाएर भेट्टायो । उसका लािग विवेक मगरले सर्वाधिक १८ रन बनाउँदा क्रिस कार्कीले १२ तथा उत्तम मगरले ११ रन बनाए। कर्णालीका अनुज चुनाराले सर्वाधिक ५ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले २७.१ ओभरमा अलआउट हुँदै ७८ रनमात्र बनाउन सक्यो। उसका कप्तान निश्चल रावलले सर्वाधिक १५ रन बनाउँदा सन्दीप शाही १४, विपीन रावल १२ तथा रुपक दाहाल १० रनमा आउट भए। बागमतीका गौतम केसीले चार विकेट लिँदा विशाल यादवले ३, क्रिस कार्कीले २ विकेट लिए।

प्रतियोगितामा बागमतिको यो दोस्रो जित हो। यो जितसँगै उसका फाइलन पुग्ने गणितीय सम्भावना बाँकी नै छ। यता, कर्णाली भने चौथो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। बागमतीले अन्तिम खेलमा शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमसँग खेल्नेछ भने कर्णालीले आफ्नो अन्तिम खेल बिहीबार मूलपानीमा प्रदेश २ सँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post सन् २०२० को बालोन डि’ओर लेवान्डोस्कीलाई दिन मेसीको प्रस्ताव
Next post विश्वकप छनोट खेलिरहेका ६ श्रीलंकन महिला क्रिकेटर कोरोना संक्रमित
Close