सोनु अन्सारीको शतकमा प्रदेश १को विजयी यात्रा कायमै

Read Time:2 Minute

काठमाडौंमा जारी वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले अपराजित यात्रालाई तेस्रो खेलसम्म निरन्तरता दिएको छ। प्रतियोगितामा लागातार तेस्रो जित निकाल्ने क्रममा प्रदेश १ ले प्रदेश २ माथि ७ विकेटको जित निकाल्यो ।

यसअघि प्रदेश १ ले पहिलो खेलमा बागमती प्रदेशलाई ३६ रन र दोस्रो खेलमा कर्णाली प्रदेशमाथि ७६ रनको जित निकालेको थियो । लगातार तेस्रा् जितसँगै प्रदेश १ को फाइनल पुग्ने सम्भावना बलियो भएको छ।

शुक्रबार भएको खेलमा प्रदेश १ लाई जित दिलाउने क्रममा सोनु अन्सारीको सानदार शतक प्रहार गरे । प्रदेश २ ले दिएको २१२ रनको लक्ष्य प्रदेश १ ले सोनाुको शतक मद्दतमा ४४.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

प्रसोनुले १ सय १९ रनको अविजित इनिङ्स खेले। उनले १ सय ४५ बल खेल्दै १४ चौका र ३ छक्का प्रहार गरे। यो प्रतियोगिताको दोस्रो शतक हो । यसअघि सुदूरपपश्चिमका अर्जुन साउदले प्रदेश २ विवरुद्ध नै शतक प्रहार गरेका थिए।

यस्तै, दिपेश कँडेलले ३३ र विवेक आनन्द मेहताले २४ रनको योगदान दिए । प्रदेश २ का लागि विवेक यादव, प्रदिप पासवान र तृतराज दासले समान एक विकेट लिए।

यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले ४८.२ ओभरमा अलआउट हुँदै २११ रन बनाएको थियो। उसका कप्तान विवेक यादवले सर्वाधिक ७० रन बनाए । ७१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।

यस्तै, रोहन विकले ४७, समसद मनसुरीले १६, आदिल अन्सारीले १३ रन बनाए। प्रदेश १ का दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिँदा दिपक जोशी र गौरव कटुवालले समान दुई विकेट लिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ललितपुर डर्बीमा सातदोबाटोको सान, थ्री स्टार पराजित
Next post फ्रेन्ड्सविरुद्ध संकटाको पुनरागमन जित
Close