सिल्भा र गुनथिलका चम्किँदा श्रीलंका विजयी

घरेलु टिम वेस्टइन्डिजविरुद्धको दोस्रो टी–२०मा श्रीलंका विजयी भएको छ। शनिबार कुलिड्जमा भएको खेलमा हसरंगा डि सिल्भा बलिङमा र दनुस्का गुनथिलकाले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाले वेस्टइन्डिजमाथि ४३ रनको जित निकाल्यो।

श्रीलंकाले दिएको १६१ रनको लक्ष्यस पछ्याएको वेस्टइन्डिज खराब ब्याटिङ गर्दै १८.४ ओभरमा ११७ रनमै अलआउट भयो । उसका लागि ओवेड म्याकोइ सर्वाधिक २३ रन बनाए भने लिन्डेल सिमोन्सले २१, क्रिस गेलले १६ रन मात्र बनाउन सके।

वेस्टइन्डिजलाई सस्तैमा समेट्ने क्रममा डि सिल्भा, लक्शन सन्डकनले समान ३ विकेट लिए । सिल्भाले ४ ओभरमा १७ रन खर्चिए भने सन्डकनले ३.४ ओभरमा १० रन मात्र खर्चिए । यस्तै, दुश्मान्था चामीराले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो । उसका लागि दनुस्का गुनाथिलकाले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने पाथुम निशन्काले ३७ रन बनाए भने अशेन बन्दराले २१ रनको योगदान दिए । गुनथिलाकाले ४२ बल खेल्दै ४ चौका २ छक्का प्रहार गरे। वेस्टइन्डिजका ड्वाने ब्राभोले २ विकेट लिए ।

योसँगै तीन खेलको टि–२० सिरिजन १–१को बराबरीमा आएको छ । पहिलो खेलमा वेस्टइन्डिजले ४ विकेटले विजयी भएकाे थियाे। अन्तिम तथा निर्णायक टि–२० मार्च ८मा हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.