पकिस्तानविरद्ध अस्ट्रेलियाको संघर्षपूर्ण जित

इंग्ल्यान्डमा जारी १२औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले संघर्षपूर्ण जित हात पारेको छ । कुपर एसोसिएट्स काउन्टी मैदानमा बुधबार भएको खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अस्ट्रेलियाले प्रतियोगितामा दोस्रो जित निकालेको हो ।

३०८ रनेको ठूलो लक्ष्य पछ्याएको पाकिस्तान एक समय २९.५ ओभरमा १६०–६को खराब स्थितिमा पुग्दा अस्ट्रेलिया सहज रुपमा विजयी हुने अपेक्षा थियो । तर, त्यसपछि असन अली र वाहव रियाजले उत्कृष्ट ब्याटिङ गर्दै अस्ट्रेलियालाई जितका लागि सघंर्ष गर्न बाध्य बनाए ।

हसन अलीले सातौं विकेटका लागि कप्तान सर्फराज अहमदसँग ४० रनको साझेदारी गरे भने रियाजले आठौं विकेटका लागि सर्फराजसँग ६४ रनको साझेदारी गरे । अलीले १५ बलमा ३२ रन बनाए भने रियाजले ३९ बलमा ४५ रन बनाए ।

अस्ट्रेलियाले दिएको ३०८ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अलआउट हुँदै २६६ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ५३ रन बनाए । उनले ७५ बलमा ७ चौका प्रहार गरे ।

यस्तै मोहम्मद हाफिजले ४६, वाहब रियाजले ४५ र कप्तान सर्फराज अहमदले नटआउनट ४० रन बनाए । यस्तै हसन अलीले ३२ रन बनाए ।

अस्ट्रेलियालाई जित दिलाउने क्रममा पाट कमिन्स सर्वाधिक ३ विकेट लिए । यस्तै, मिचेल स्टार्क, केन रिचर्डसनले समान २ विकेट लिए भने नाथन कुल्टर निल र कप्तान रोहन फिन्चले समान १ विकेट लिए ।

पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै ३०७ रन बनायो । ओपनर डेभिड वार्नर शतकीय इनिङ खेले । उनले १११ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गर्दै १०७ रन बनाए ।

यस्तै, कप्तान अरोन फिन्चले ८४ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ८२ रन बनाए । सन मार्सले २३, ग्लेन म्याक्सवेल र एलेक्स क्यारीले समान २० रन बनाए ।

वार्नरको यो शतक प्रतियोगिताको ७ औं शतक हो । यसअघि इंग्ल्यान्डका जोस बट्लर, जेसन रोय, जोए रुट र भारतका रोहित शर्मा र शिखर धवन तथा बंगलादेशका सकिब अल हसनले शतक बनाएका छन् ।

पाकिस्तानका मोहम्मद आमीरले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित ३० रन खर्चिए । यस्तै, शाहीन साह अफ्रिदीले २ तथा हसन अली, वाहब रियाज र मोहम्मद हाफिजले समान १ विकेट लिए ।

जितपछि अस्ट्रेलिया ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । उसले ४ खेलमा ३ जित निकालेको छ । यस्तै, ३ खेलमा ३ खेल नै जितेको न्युजिल्यान्ड शीर्ष स्थानमा छ भने समान ४ अंक जोडेका इंग्ल्यान्ड र भारत क्रमश तेस्रो र चौथो स्थानमा छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.