अन्तर्राष्ट्रिय क्रिकेटक्रिकेट

पहिलो टि–२०मा भारतमाथि वेस्टइन्डिजको जित

भारतविरुद्धको पहिलो टि–२०मा वेस्टइन्डिज विजयी भएको छ। बिहीबार राति भएको खेलमा वेस्टइन्डिजले भारतमाथि ४ रनको जित निकाल्यो।

ब्रायन लारा क्रिकेट स्टेडियममा १५० रनको लक्ष्य पछ्याएको भारतले निर्धारित आभेरमा ९ विकेट गुमाउँदै १४५ रन मात्र बनाउन सक्यो। उनका लागि तिलक वर्माले ३९ रन बनाए। भारतीय टिममा डेब्यू गरेका बर्माले २२ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

यस्तै, सूर्यकुमार यादवले २१ बलमा २१ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले ११ बलमा १९ रन बनाए भने अक्षर पटेलले १३ र सन्जु सामसन र अर्शदीप सिंहले समान १२ रन बनाए।

भारतलाई रोक्ने क्रममा जासन होल्डरले ४ ओभमार १९ रन मात्र खर्चेर २ विकेट लिए। यस्तै, ओबेड मकोइ र रोमारियो सेफर्डले पनि समान २ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १४९ रन बनायो। उसका लागि कप्तान रोवमन पावेलले ३२ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै ४८ रन बनाउँदा निकोलस पुरनले ३४ बलमा ४१ रनको योगदान दिए।

भारतका अर्शदीप सिंह र युजभेन्द्र चाहलले समान २ विकेट लिँदा कप्तान हार्दिक पाण्ड्या र कुलदीप यादवले पनि समान १ विकेट लिए।