वेस्टइन्डिजका लिजेन्ड क्रिकेटरको निधन

वेस्टइन्डिजका लिजेन्ड क्रिकेटर सर एभर्टन विकेसको निधन भएको छ । ब्याट्सम्यान विकेसको ९५ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

उनी लामा समयदेखि मुटु रोगबाट पीडित थिए । २०१९ जुनमा हर्टअट्याक पनि भएको थियो । आफ्ना लिजेन्ड क्रिकेटरको निधनमा क्रिकेट वेस्टइन्डिजले दुःख व्यक्त गरेको छ ।

क्रिकेटबाट सन्न्यास लिएपछि उनले लामो साय म्याच रेफ्रीको समेत काम गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले पनि वेस्टइन्डिजका महामान ब्याट्सम्यान तथा आफ्ना पूर्वम्याच रेफ्री विकेटसको निधनप्रति दुःख व्यक्त गरेको छ ।

४८ टेष्ट खेलेका विकेटसले ५६।६१ को एभरेजमा ४ हजार ४५५ रन बनाएका थिए । उनी लगातार पाँच टेष्ट इनिङ्समा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन् । कम्तीमा २० इनिङ्स खेल्नेमध्ये टेष्ट क्रिकेटको इतिहासमा विकेटको एभरेज १०औं उच्च हो ।

सन् १९४८ मा इंग्ल्याण्डविरुद्ध टेष्ट डेब्यु गरेका बारबाडियन वेसले दश वर्षपछि सन्यास लिएका थिए । उनले सन् १९९५ सर उपाधि पाएका थिए । विकेससँगै सर क्लाइड वाल्कोट र सर फ्राक वोरललाई वेष्ट इन्डिजमा ‘थ्री डब्लु’ले चिनिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.