फाइनल पुग्ला सोमपालको टिम ?

पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहेका नेपाली अलराउन्ड सोमपाल कामीको टिम विन्निपेग हक्स दोस्रो संस्करणको ग्लोबल टि–२० लिग क्यानडाको फाइनल भन्दा एक कदिम पछाडि छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि विन्निपेगले आज राति हुने खेलमा ब्राम्प्टन वुल्भ्सको सामना गर्दै छ । आज राति ११ः४५ मा हुने यो खेलमा जित हात पार्ने टिमले उपाधिका लागि भ्यानकुभर नाइट्ससँगको भेट पक्का गर्ने छ । फाइलन आइतबार राति ११ः४५ मा हुने छ ।

शनिबार राति हुने खेलमा पनि सोमपाल खेल्ने सम्भावना कम छ । एड्मन्टन रोयल्सविरुद्ध मौका पाएका सोमपालले त्यो खेल बल र ब्याट दुवैमा आफ्नो क्षमता देखाउन नसक्दा त्यसपछिका खेलमा उनी प्लेइङ सेटमा पर्न सकेका छैनन् । त्यसैले पनि आज पनि उनी खेल्ने सम्भावना न्यून छ ।

समूह चरणमा चौथो स्थानमा रहँदै इलिमिनेटरमा पुगेको विन्निपेगले इलिमिनेटरमा २ सय माथिको लक्ष्य पछ्याउँदै टोरन्टो नेसनल्सलाई पराजित गरेकाले उसको मनोबल उच्च छ । यता, समूहको शीर्ष टिमका रुपमा क्वालिफायरमा स्थान बनाएको ब्राम्प्टन भ्यनकुभर नाइट्ससँग पराजित हुँदै दोस्रो इलिमिनेटरमा पुगेको थियो । तर, समूह चरणमा विन्निपेगविरुद्ध सानदर जित निकालेको ब्रम्प्टनलाई आज केही सहज हुन सक्छ ।

यदि आजको खेलमा विन्निपेगले टस जितेमा उसको फाइनल यात्रा लगभग निश्चित जस्तै हुने छ । किनभने विन्निपेग रनचेजमा निकै उत्कृष्ट देखिएको छ । उसले प्रतियोगिताका ४ खेलमा रन चेज गरेको छ, र त्यसमध्ये ३ खेलमा जित निकालेको छ । जितेका तीनवटै खेलमा विन्निपेगले २ माथि स्कोर सजिलै चेज गरेकाले टस जितेमा उसको फाइनल यात्रा निश्चित जस्तै देखिएको हो । विन्निपेग प्रतियोगितामा २ सयभन्दा माथि रन चेज गर्नै एक्लो टिम पनि हो ।

त्यसको विपरित पहिला ब्याटिङमा भने विन्निपेग कमजोर देखिएको छ । उसले पहिला ब्याटिङ गरेका दुवै खेल गुमाएको छ । उसका लागि बलिङ भने टाउको दुखाई बन्न सक्छ ।

यसैगरी ब्रम्प्टनको टिम भने निकै सन्तुलित देखिएको छ । उसले समूह चणमा भ्यानकुभर बाहेक सबै टिमविरुद्ध सहज जित निकालेको थियो । ब्राम्प्टनका लागि आजको खेलमा कप्तान कोलिन मुन्रो, बाबर हायत, जर्ज मुन्सी र इश सोधीलगायत मत्वपूर्ण हुन सक्छन् । यस्तै, विन्निपेगका लागि जेपी डुमिनी, साइमन अनवर, क्रिस लिन तथा मोहम्मद इरफालन महत्वपूर्ण खेलाडी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP