अस्ट्रेलियामाथि इंग्ल्यान्डको सानदार जित, तेस्रो जितसँगै सेमिफाइनल नजिक

युएई र ओमानमा संयुक्त रुपमा आयोजना भइरहेको टि–२० विश्वकपमा इंग्ल्यान्डले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिने क्रममा इंग्ल्यान्डले शनिबार राति भएको खेलमा अस्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्यो ।

प्रतियोगितको सुपर १२मा लगातार तेस्रो जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ। इंग्ल्यान्डले पहिलो खेलमा वेस्टइन्डिजलाई ६ विकेट र बंगलादेशलाई ८ विकेटले हराएको थियो। अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेट र दोस्रो खेलमा श्रीलंकालाई ७ विकेटले पराजित थियो।

पहिला ब्याटिङ गर्दै अस्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्यान्डले ११.४ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो । उसका लािग जोस बटलर नटआउट ७१ रन बनाए । उनले ३२ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। यस्ते, जेसन रोय २२ रन बनाउँदा जोनी बेइस्टो १६ रनमा नटआउट रहेन । अष्ट्रेलियाका स्पिनर एडम जाम्पा र एस्टनन अगरले समान १ विकेट लिए।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेकोअष्ट्रेलिया निर्धारित २० ओभरमा १२५ रनमा अलआउट भयो। उसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए । उनले ४९ बलमा ४ चौका प्रहार गरे।

यस्तै, एस्टन अगरले २० रन र म्याथ्यु वेडले १८ रनबनाउँद मिचेल मार्श १३ र पाट कुमिन्स १२ रन बनाए । क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए भने क्रिस वोक्स र टाइमल मिल्सले समान २ विकेट लिए।

Facebook Comments Box