महिला टि-२० विश्वकपको सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिड्ने

दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टि-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भारतले विजेता अष्ट्रेलियासँग खेल्ने भएको छ । 

मंगलबार राती भएको खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई १ सय १४ रनको फराकिलो अन्तरमा पराजित गरेसँगै भारत र अस्ट्रेलियाबीचको सेमिफाइनल पक्का भएको हो। यी दुई टिम अघिल्लो संस्करणका फाइनलिस्ट हुन्।

अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अष्ट्रेलियाले उपाधी जितेको थियो ।

यस्तै अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र आयोजक दक्षिण अफ्रिकासँग खेल्ने छन्। सेमिफाइनलका खेल बिहिबार र शुक्रबार हुनेछन् ।

Happy
Happy
38 %
Sad
Sad
0 %
Excited
Excited
38 %
Sleepy
Sleepy
0 %
Angry
Angry
13 %
Surprise
Surprise
13 %
Previous post गुल्सनको स्थानमा देव खनाल बने यू–१९ टिमको कप्तान
Next post युएई टुरमा परेनन् सन्दीप
Close