सन् २०२१को विश्वकप फाइलनमा फिक्सिङ छैन : आईसिसी

सन् २०११ मा भारतमा भएको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा फिक्सिङ नभएको अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बताएको छ । बनखाडे रंगशालामा भएको भारत र श्रीलंकाबीचको सो फाइलनमा फिक्सिङको आशंका गरिएपछि आईसिसीले अनुसन्धान गरेको थियो र सो अनुसन्धानमा फिक्सिङको कुनै प्रमाण फेला नपरेको आईसिसीले जनाएको छ ।

फाइननलमा श्रीलंकालाई हराउँदै भारतले दोस्रो एकदिवसीय विश्वकप उपाधि जितेको थियो । फिक्सिङको आशंकामा श्रीलंकन प्रहरीले समेत अनुसन्धान गरेको थियो, कुनै प्रमाण नभेटिएपछि उनीहरुले शुक्रबार नै अनुसन्धान बन्द गरेका छन् । सो लगत्तै आईसिसीले फाइनलमा फिक्सिङ नभएको बताएको हो । फिक्सिङको आशंकमा श्रीलंकन प्रहरीले सोवेलमा खेलाडी कुमारा सांगाकारा, माहेला जयबद्र्धनेलगायतसँग सोधपुछ गरेको थियो ।

श्रीलंकाली पूर्वखेलमन्त्री महिन्दानन्दा अलुथगमगेले फाईनल खेलमा श्रीलंकाका केही पक्षले फिक्सिङ गरेको आरोप लगाएका थिए । लगत्तै श्रीलंकाली प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अलुथगमगेको भनाइ पुष्टि हुने कुनै प्रमाण फेला नपरेको बताएको छ ।

आईसीसीको भ्रष्टाचार निवारण इकाईका महाप्रबन्धक एलेक्स मार्शले भनेका छन्,‘हामीसंग आईसीसी पुरुष क्रिकेट विश्वकप फाईनल २०११ मा आशंका गर्ने कुनै कारण छैन । आईसीसी इन्टीग्रिटी इकाईले विश्वकप फाइनल २०११ माथि लागेको आरोप अस्विकार गरेको छ ।’ आईसीसी अधिकारी मार्शलले पूर्व श्रीलंकाली खेल मन्त्रीको दाबी झुटो भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP