
नेपालले युएई र पिएनजीसँग खेल्ने त्रिकोणात्मक सिरिजको तालिका सार्वजनिक
विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको नेपालले खेल्ने तेस्रो सिरिजको तालिका सार्वजनिक भएको छ। नेपाल, युएई र पपुवा न्युगिनी (पिएनजी)बीचको सिरिज मार्चमा युएईमा आयोजना हुने छ।
आईसिसी सिरिजको तालिका बुधबार सर्वाजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार नेपालले पपुवा न्यू गिनीसँग खेल्दै सिरिजको सुरुआत गर्नेछ। खेल मार्च १६मा सारजाहमा हुनेछ ।
्
यस्तै, नेपालले दोस्रो खेल युएईसँग मार्च १८ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल्नेछ भने् तेस्रो खेल युएईसँगै मार्च २१मा सोही मैदानमा खेलने छ। नेपालले अन्तिम खेल पपुवा न्यू गिनीविरुद्ध मार्च २२ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल्नेछ।
विश्वकप लिग–२ मा नेपालले दुई त्रिकोणात्मक सिरिज मात्र खलेको छ। २०२० मा नेपालले घरेलु मैदान टियुमा ओमान र अमेरिकासँग खेलेको थियो। गत असोजमा ओमानमा ओमान, नेपाल र अमेरिकाबीच त्रिकोणात्मक सिरिज भएको थियो।
विश्वकप लिग–२ का ८ खेलमा ४ मा जित निकालेको नेपाल ८ अंकसहित छैटौं स्थानमा छ। ओमान २३ खेलमा १५ जितसहित ३० अंक जोड्दै शीर्षस्थानमा छ भने यता, स्कटल्यान्ड १६ अंकका साथ दोस्रो स्थानमा छ। यता, युएई ५ जितसहित १२ अंकका साथ चौथो स्थाानमा छ भने १२ खेलमा सबै खेलमा हारेको पपुवा न्युगिनी पुछारमा छ।
२०२३ सम्म चल्ने विश्वकप लिग–२ का शीर्ष तीन टोलीले सोझै त्यसै वर्ष हुने एकदिवसिय विश्वकप छनोटमा स्थान बनाउने छन् बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ।