टेस्ट च्याम्पियनसिपको फाइलन साउथह्याम्पटनमा हुने

विश्व टेस्ट च्याम्पियनसिपको फाइलन इंग्ल्याण्डको साउथह्याम्पटनमा हुने भएको छ । आईसिसीले बुधबार विश्व टेस्ट च्याम्पियनसिपको फाइलन साउथह्याम्पटनस्थित हाम्सायर बाउलमा निर्णय गरेको हो।

आईसिसीले इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी)सँगको छलफलपछि टेस्ट च्याम्पियनसिपका लागि साउथह्याम्पनटलाई छनोट गरेको हो।

आईसिसीले पहिलो पटक आयोजना गरेको विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि भारत र न्युजिल्यान्ड भिड्न् छन् । भेन्यू र टिम फाइनल भएपनि फाइनलको मिति भने तय भइसकेको छैन।

न्युजिल्याण्ड टेष्ट च्याम्पियनसिपको पहिलो संस्करणको फाइनल पुग्ने पहिलो टिम बनेको थियो । भारतले गत शनिबार सकिएको सिरिजमा इंग्ल्याण्डलाई पराजित गर्दै न्युजिल्याण्डसँग फाइनल भेट पक्का गरेको हो ।

आइसीसीको क्रिकेट जनरल म्यानेजर जिओफ एलार्डाइसले आइसीसी वर्ल्ड टेष्ट च्याम्पियनसिप फाइनल टेष्ट क्यालेन्डरको सबैभन्दा ठूलो इभेन्ट रहेको भन्दै क्रिकेटकै सबैभन्दा पुरानो फर्म्याटलाई राम्रोसँग मनाउने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.