अन्योलमा विश्व टेस्ट च्याम्पियनसिप

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले अघिल्लो वर्षबाट सुरु गरेको विश्व टेस्ट च्याम्पियनसिप अन्योलमा परेको छ । विश्वभर फैलिएको कोरोना भाइरसका कारण अन्य खेलकुद प्रतियोगिताहरु जस्तै विश्व टेस्ट च्याम्पियनसिप पनि अन्योलमा परेको हो ।

आईसिसी प्रतियोगिताका बारेमा छलफल गरिरहे पनि प्रतियोगिता जारी राख्ने या रोक्ने भन्ने विषयमा कुनै निर्णय गर्न सकेको छैन । आईसिसीमा नजिकै आइरहेको टेस्ट सिरिज मात्र रोक्ने की पुरै प्रतियोगिता नै रद्द गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

कोरोना भाइरसका कारण आसन्न इंग्ल्यान्ड र वेस्टइन्डिज, बंगलादेश र अस्ट्रेलिया तथा श्रीलंका र बंगलादेशबीचको टेस्ट सिरिज प्रभावित हुने पक्का जस्तै छ । कोरोनाको असर अझे लामो समय रहे अन्य सिरिज अरु पनि प्रभावित हुने छन् ।

गतवर्ष अगस्तबाट सुरु भएको टेस्ट च्याम्पियनसिपको फाइलन सन् २०२१ मा लड्र्स मैदानमा गर्ने आईसिसीको कार्यक्रम छ । तर, कोरोना भाइसरका कारण रोकिएका सरिजको नयाँ मिति टुंगो नलागिसकेकाले टेस्ट च्याम्पियनसिपको फाइनल प्रभावित हुने निश्चित जस्तै छ ।

आईसिसीले भनेको छ, ‘अहिलेको विषम परिस्थितमा प्रतियोगिता के गर्ने भन्ने विषयमा छलफल गरिरहेका छनैं । अहिले नै केही भन्न सक्ने अवस्था छैन । सकभर हामी प्रतियोगिता गर्ने नै योजनामा छौं, त्यसैले विभिन्न विकल्पहरुमा छफल भइरहेका छौं । केही समय अवस्था हेरेर निर्णय गर्छौ ।’

टेस्ट च्याम्पियनसिपमा ९ टिम सहभागी छन् । टेस्ट वरियतामा पुछारमा रहेका आईसिसीका ३ पूर्ण सदस्य अफगानिस्तान, आयरल्यानड र जिम्बाबे भने सहभागी छैनन् । अहिलेको ३६० अंकका साथ भारत शीर्ष स्थानमा छ भने २९६ अंक जोडेको अस्ट्रेलियान दोस्रो, १८० अंकका साथ न्यूजिल्यान्ड तेस्रो, १४६ अंकका साथ इंग्ल्यान्ड चौथो र १४० अंक जोडेको पाकिस्तान पाचौं स्थानमा छन् ।

यस्तै, ८० अंक जोडेको श्रीलंका छैंठौं स्थानमा रहँदा २८ अंकका साथ दक्षिण अफ्रिका सातौं स्थानमा छ । वेस्टइन्डिज र बंगलादेशले भने खाता खोल्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP