युसुफ र वियनले लिए क्रिकेटबाट सन्न्यास

दुई भारतीय क्रिकेटर अलराउन्डर युफुस पठान र विनय कुमारले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । एकदिवसीय र टी–२० दुवै विश्वकप जितेका भारतीय अलराउण्डर युसुफ पठान र मिडियम पेसर विनय कुमारले शुक्रबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्।

पठानले सानैदेखि क्रिकेट आफ्नो जीवनको नजिक रहेको र अब यो इनिङ्सलाई स्टप गर्ने बेला आएको बताए । पहिलो पटक भारतको जर्सी लागउँदा आफ्नो काँधमा धेरै जिम्मेवारी थपिएको स्मरण गर्दै पठानले सबे खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन् । पठानले भारतका लागि २००७ मा टी–२० विश्वकप र २०११ मा ओडीआई विश्वकप जितेका थिए ।

पठानले पछिल्लो पटक सन् २०१२ मा जोहानेसवर्गमा भारतका लागि खेलेका थिए । उनले २००७ देखि २०१२ सम्म भारतका लागि ५७ ओडीआई र २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेले । उनले सन् २००१(०२ को सिजन बारोडाका लागि खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । पठानले तीन पटक इन्डियन प्रिमियर लिग उपाधि समेत जितेका छन् ।

३७ वर्षीय बलर विनयले अन्तर्राष्ट्रिय र पहिलो श्रेणीको क्रिकेटबाट सन्यास घोषणा गरेका हुन् । तीब्र गतिका बलर विनयले भारतका लागि १ टेस्ट, ३१ ओडिआई र ९ टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *