डेब्यूमा फिनल्यान्डको जित, डेनमार्क स्तब्ध

पहिलो पटक युरोकप खेलिरहेको फिनल्यान्डले डेब्यू खेलमै जित निकालेको छ । शनिबार राति कोपनहेगनमा भएको खेलमा डेनमार्कमाथि १–०को जित निकाल्दै फिनल्यान्डले युरोकपको डेब्यूलाई यादगार बनायो।

यता, डेनमार्कका लागि भने युरोकप सुखद् रहेन् । पहिलो हाफमै उसले आफ्ना स्टार खेलाडी क्रिस्टियन एरिक्सनलाई गुमायो । ४३औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमै ढेलेपछि युईएफले खेल तत्काल स्थागित गरेको थियो।

एरिक्सनलाई मैदानमै केही समय उपचार गरेपछि अस्पताल लगिएको थियो । उनलाई मैदानमै अक्जिनस दिइएको थियो । हृदयघात भएका उनको अवस्था अहिले सामान्य रहेको छ।

उनको स्वास्थ्य अवस्थास्थिर भएपछि युईएफको आग्रहमा दुवै टिम १ घण्टाबढी समयपछि मैदान उत्रिएका थिए। फिनल्यानडलाई जित दिलाउन जोएल पोहनपालोले ५९औं मिनेटमा गोल गरेका थिए।

डेनमार्कले पनि खेलमा फर्कने अवसर पायो, तर उसले त्यो मौका सदुपयोग गर्न सकेन । ७४औं मिनेटमा प्राप्त पेनाल्टीमा पिएरे एमिल होजवर्ग गोल गर्न चुके । उनको पेनाल्टी फिनल्यान्डका गोलकिपरले बचाए ।

पहिलो खेलमै जित हात पारेको फिनल्याण्डले ३ अंक जोड्दा सन् १९९२ को च्याम्पियन डेनमार्कले घरेलु मैदानमै हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

Facebook Comments Box