युरोकपकमा अस्ट्रियाको पहिलो जित

युरोकपमा तेस्रो पटक सहभागिता जनाइरहेको अस्ट्रियाले पहिलो जित निकालेको छ। आइतबार राति रोमानियाको बुकारेस्टमा भएको खेलमा नर्थ म्यासेडोनियालाई ३–१ले हराउँदै अस्ट्रियाले युरोकपमा पहिलो जित तिकालेको हो।

यसअघि सन् २००८ र २०१६मा पनि युरोकप खेलेपनि अस्ट्रिया जितबिहीन थियो । यता, म्यासेडोनियाको भने यो युरोकपमो पहिलो खेल हो।

अस्ट्रियालाई पहिलो जित दिलाउने क्रममा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिचले गोल गरे भने म्यासेडोनियाका गोरान पान्डेभले गोल गरे।

१८औं मिनेटमा स्टेफानको गोल अष्ट्रियालाई सुरुआती अग्रता दिलाए । उनले मार्सल साबिट्जरको पासमा गोल गरेका थिए। तर, २८ औं मिनेटमा पान्डेभले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

यो गोलसँगै पाण्डेभले दुई रेकर्ड बनाए । उनी युरोकपमा गोल गर्ने सर्वाधिक बुढा खेलाडी बनेका छन् । उनी ३७ वर्ष २२१का थिए । यस्तै म्यासेडोनियाका लागि युरोकपमा गोल गर्न पहिले खेलाडी पनि बने।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । तर, दोस्रो हाफमा अस्ट्रियाले उत्कृष्ट खेल खेल्यो र २ गोल थप्यो । ७८औं मिनेटमा ग्रेगोरिट्सले गोल गर्दै अस्ट्रियालाई २–१ को अग्रता दिलाए । ९०औं मिनेटमा आर्नोटोभिचले गोल गर्दै अष्ट्रियालाई ३–१ को जित दिलाए ।

Facebook Comments Box