क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि डेनमार्क र फिनल्यान्डबीचको खेल स्थगित

युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल स्थगित भएको छ। कोपनहेगनमा जारी गरीको पहिलो हाफको अन्त्यतिर डेनिस स्टार क्रिस्टियन एरिक्सन मैदानमै ढलेपछि युईएफएले खेल स्थागित गरेको हो।

युईएफले चिकित्सा आपतकालको कारण खेल स्थगित गरिएको जनाएको छ। खेलको ४३ मिनेट चलिरहँदा एरिक्सन बेहोस भएर मैदान ढलेका थिए । तत्कालै रेफ्रिले मैदानमा डाक्टरलाई बोलाएका थिए ।

उनका साथी खेलाडीले थ्रो गरेको बल लिने क्रममा एसिक्लन बेहोस भएर ढलेका थिए । एरिक्सनलाई मैदानमा स्वास्थ्य टोलीले सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो।

एरिक्सनको मैदानमा उपचार गरिँदा डेनिस खेलाडीहरुलाई नउलाई खेरेर राखेका थिए । एरिक्सनको फोटो र भिडियो खिच्न दिएका थिएनन्।

स्टेचरमा राखेर मैदान बाहिर लैजाने क्रममा एरिक्सनले आँखा हेरेका थिए । उनलाई हृदयघात भएकाे आशंका गरिएकाे छ ।

Facebook Comments Box