युक्रेनमाथि नदेरल्यान्ड्सको रोमाञ्चक जित

सन् २०१४ ठूलो फुबटल प्रतियोगिता खेलिरहेको नेदरल्यानड्सले युरोकपमा रोमाञ्चक जित निकालेको छ। आइतबार राति घरेलु मैदान आम्स्टर्डममा भएको खेलमा नेदरल्यान्ड्सले युक्रेनमाथि ३–२को रोमाञ्चक जित निकालेको हो।

खेलमा नेदरल्यान्ड्सका लागि जर्जिनिओ विज्नाल्डम, वेट वेघोर्स्ट र डेन्जेल डुम्फ्रेसले गोल गरेका थिए भने युक्रेनका एन्ड्री यर्मोलेन्को र रोमन यरेमचुकले गोल गरेका थिए।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा ५ गोल सम्भव भएको थियो । नेदरल्यान्ड्सले घरेलु मैदानमा बलमा नियन्त्रण कायम गर्दै युक्रेनमाथि दबाब दिएको थियो थियो भने युक्रेन काउटरमा नेदरल्यान्ड्समाथि दबाब बनाएको थियो।

५२औं मिनेटमा विज्नाल्डमको गोलमा नेदरल्यान्ड्सले सुरुआती अग्रता लियो । त्यससको ६ मिनेटपछि नै वेघोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता अग्रता दोब्बर बनाए।

त्यसपछि ४ मिनेटर अन्तरमा २ गोल गर्दै युक्रेनले खेललाई बराबरीमा ल्यायो । र, खेललाई थप रामाञ्चक बनायो । उसका यर्मोलेन्को ७५र यरेमचुकले ७९औं मिनेटमा गोल गरेका थिए। तर डेन्जलले ८५औं मिनेटमा गोल गरेपछि रोमाञ्चक खेलमा नेदरल्यान्ड्स विजयी भयो।

नेदरल्यान्ड्स र युक्रेनबीचको खेलको हाइलाइट्स हेर्नुहोस्ः
Facebook Comments Box