युरोकपमा आज तीन खेल हुँदै

यरोपका विभिन्न ११ शहरमा आयोजना भइरहेको १६औं संस्करणको युरोकपमा आज तीन हुँदै छन् । तीन अलग शहरमा हुने खेलमा वेल्स र स्वीट्जरल्यान्ड, डेनमार्क र फिनल्यान्ड तथा बेल्जियम रुस भिड्ने छन्।

समूह एअन्तर्गतको वेल्स र स्वीट्जरल्यान्डबीचको खेल अजरबैजानको बाकुमा अयोजना हुने छ । खेल नेपाली समयअनुसार ६ः४५ जबे सुरु हुने छ।

यस्तै आजै समूह बीका दुई खेल पनि हुने छन् । आज हुने दोस्रो खेलमा डेनमार्क र फिनल्यान्ड भिड्ने छन्। यो खेल डेनमार्ककै कोपनहेगनमा राति ९ः४५ बजे हुने छ।

आजको अन्तिम खेल राति १२ः४५ बजे रुसको सेन्ट पिटर्सबर्गमा हुने छ । जसमा घरेलु टोली रुसले विश्व नम्बर एक बेल्जियमको सामाना गर्ने छ।

प्रतियोगिताको उद्घाटन खेलमा इटाली विजयी भएको थियो । शुक्रबार राति रोममा भएको खेलमा इटालीले टर्कीलाई ३–०ले हराएको थियो।

Facebook Comments Box