म्याच प्रिभ्यू : दुई महाशक्ति फ्रान्स र जर्मनी भिड्दै, पोर्चुगललाई हंगेरीको चुनौती

११ जुनबाट युरोपका विभिन्न ११ सहरमा सुरु भएको युरोकप २०२० को समूहका पहिलो चरणको खेल आज सकिँदै छ । युरोकपको सबैभन्दा कठीन समूह अर्थात ग्रुप अफ डेथका रुपमा रहेको समूह एफका दुई खेल सँगै समूहको पहिलो चरणको खेल सकिन लागेको छ।

समूह एफका दुई खेलमा विश्व फुटबलका दुई महाशक्ति फ्रान्स र जर्मन तथा डिफेन्डिङ च्याम्पियन पोर्चुगल र फुटबलको पुरानो शक्ति राष्ट्र हंगेरी भिड्ने छन्। यी दुई खेल प्रतिक्षामा विश्वभरका फुटबल समर्थक प्रतिक्षामा छन्।

पोर्चुगललाई हंगेरीकाे चुनौती

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले मंगलबार विश्वफुटबलको पुरानो शक्ति राष्ट्र हंगेरीसँग खेल्दै उपाधि रक्षाको अभियान थाल्दैछ । तर, समूह चरण परा गर्नै उसले कडा मेहनत गर्नुपर्ने छ। यो समूहमा तीन पटकको च्याम्पियन्स जर्मनी र विश्वविजेता फ्रान्स छन्।

पोर्चुगल र हंगेरीबीचको खेल बुडापेस्टमा राति ९ः४५ बजे सुरु हुनेछ। हंगेरीलाई फाइदाको तथ्य भने आफ्ना समर्थकमाझ खेल्ने अवसर पाउनु हो ।

यता पोर्चुगल भने फ्रान्सेली भूमिमा युरोको उपाधि जितेको पाँच वर्षपछि त्यसकै रक्षा गर्न मैदानमा उत्रँदै छ । एकदशक यता पोर्चुगलको टिम रोनाल्डोकै भरमा थियो, तर अहिले त्यो अवस्था भने छैन। रोनाल्डोविना पनि पोर्चुगलमा उपाधि रक्षा गर्ने क्षमता छ।

तर, पनि सबैको नजर रोनाल्डोमै हुनेछ । यसको कारण हो, उनी १ सय ९ गोलको अन्तर्राष्ट्रिय गोलबाट ५ गोलमात्र टाढा छन् भने युराेकपकै सर्वाधिक गोलकर्ता बन्ने अवसर पनि उनी सामू छ । त्यसको लागि एक गोल मात्र आवश्यक छ।

पोर्चुगललाई दुई ठूला प्रतिद्वन्द्वीको सामना गर्नु अगाडि हंगेरीविरुद्ध निश्चित जितका लागि प्रयास गर्ने चर्को दबाब रहनेछ । किनकि युरोकप आयोजकका रूपमा हंगेरीको यो पहिलो खेल हो ।

दुई महाशक्ति राष्ट्रको भीडन्त

युरोकप समूह चरणको पहिलो चरणको अन्तिम खेलमा दुई महशक्ति राष्ट्र फ्रान्स र जर्मनी भिड्दै छन्। खेल राति १२ः४५ बजे म्युनिखमा हुने छ। विश्वफुटलमा दुवैले गर्विलो इतिहास बनाएका छन्, युरोकपमा यी दुईको प्रदर्शन त्यस्तै छ। यी दुवै टिम युरोकपका बलियो दाबेदार हुन्।

विश्व विजेता फ्रान्स स्वभाविक रुपमै युरोकपको सबैभन्दा बलियो दाबेदर हो । त्यो उसको पछिल्ला केही वर्षको प्रदशर्नले पनि पुष्टि गर्छ । यही समय जर्मनीले केही वर्षदेखि खराब प्रदर्शन गर्दै आएको छ।

फ्रेन्च टिम वर्तमान सयमको सबैभन्दा सन्तुलित टिम हो। उसको डिफेन्सदेखि स्ट्राइकरसम्म स्टार खेलाडीले भरिएको छ। अझ ६ वर्षपछि करिम बेन्जिमाको पुनरागमनले फ्रेन्च टिमको आक्रमण धारिलो बनेको छ। उनलाई किलियन एम्बाप्पे र एन्टाेइन ग्रिजमेनको साथ रहने छ। मिडफिल्डमा रहने छन्, पाउल पोग्बा र एनगोलो कान्टे । यस्तै डिफेन्सको नेतृत्व राफेल भरानेले गर्ने छन् भने उनलाई पर्सनल केम्पेम्बे र बेन्जामिन पवार्डको साथ रहनेछ।

यस्तै, जोचिम लोको प्रशिक्षणमा पछिल्लो समय राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेको जर्मनी टिमका मुख्य खेलाडी हुन्, काइ हाभर्ट्ज र टिमो वेर्नर । सँगै टोनी क्रुस, इल्के गुन्डोगान र लेरोय सानेको भूमिका पनि टिमको सफलतामा उत्तिकै हुने छ।

Facebook Comments Box