पोर्चुगिज टिमबाट बाहिरिए कान्सेलो, डालोटलाई बोलाइयो

राइट ब्याक जोआ कान्सेलो युरोकपको पोर्चुगिज टिमबाट बाहिरिएका छन् । कोरोना संक्रमण देखिएपछि म्यान्चेस्टर सिटीका डिफेन्डर कान्सेलो युरोकपको पोर्चुगिज टिमबाट बाहिरिएका हुन्।

पोर्चुगिज फुटबल संघले कान्सोलोलाई कोरोन संक्रमण भएको पुष्टी गर्दै उनले युरोकप गुमाउने उल्लेख गरेको छ। यो सिजन उत्कृष्ट फर्म रहेका २७ वर्षीय कान्सेलोको अनुपस्थितिमा पोर्चुगललाई हुने छ।

उनी डिफेन्डस र डिफेन्सबाटै अट्याक गर्न तथा साथी खेलाडीलाई फाइलन थर्डमा पास निकाल्न माहिर मानिन्छन्।

यसैबीच कान्सेलो टिमबाट बाहिरिएपछि पोर्चुगलले उनको स्थानमा म्यान्चेस्टर युनाइटेडका डिफेन्डर डिएगो डालोटलाई टिममा बोलाएको छ। २२ वर्षीय डालोटले यो सिजन लोनमा एसी मिलानबाट खेलेका थिए।

युरोकपको उपाधि रक्षाको अभियानमा रहेको पोर्चुगल सबैभन्दा कठीन समूह एफमा छ । यो समूहमा विश्वविजेता फ्रान्स, जर्मनी र हंगेरी छन्। पोर्चुगलले मंगलबार हंगेरीसँग खेल्दै युरोको सुरुवात गर्ने छ ।

Facebook Comments Box