फिनिसिङमा चुक्दा स्वीडेनसँग रोकियो स्पेन

प्रशिक्षक लुइस एनरिकेको टिम स्पेन युरोकपको सुरुआतीका खेलमा बराबरीमा रोकिएको छ। सोमबार राति घरेलु मैदानमा भएको खेलमा फिनिसिङमा चुक्दा तीन पटकको च्याम्पियन स्पेन स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको हो।

समूह इको खेलमा स्पेनले स्वीडेनमाथि अधिकांश समय दबाबमा बनायो, तर फिनिसिङमा चुक्यो । पहिलो हाफमा उसका अल्भारो मोराटाले वान भर्सेस वानमा गोल गर्न सकेन । यस्तै, कोकेले पनि २ अवसर खेर फाल्दा डानी ओल्मोको दुई प्रहार स्वीडेनका किपरले उत्कृष्ट बचाउ गरे।

पहिलो हाफमा स्वीडेनले पनि एउटा सुन्दर असर गुमायो । उसका अलेक्जेन्डर इसाकले दुई डिफेन्डरलाई छलाउँदै गररेको प्रहार पिकर बिट भएको अवस्थामा मार्कस लोरेन्टले गोललाइनबाट बचाए । उनले बचाएको उक्त बल पोष्टमा लागेर बाहिरिएको थियो।

दोस्रो हाफमा पनि मोराटा, पाब्लो सराबिया र जेरार्ड मोरोनोले गोलको अवसर खेर फाले । याता, स्वीडेनका मार्कस ब्रेडले खाली पोस्टमा गोल गर्न सकेनन्।

समूह इको पहिलो खेलमा पोल्यान्डलाई हराएको स्लोभाकियाले ३ अंकसहित शीर्ष स्थानमा छ । स्पने र स्वीडेन समान १ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्

Facebook Comments Box