लुकाकु चम्किँदा रुसमाथि बेल्जियमको सहज जित

युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुआत गरेको छ। शनिबार राति सेन्ट पिटर्सबर्गमा भएको खेलमा रोमेलु लुकाकु चम्किएपछि बेल्जियमले घरेलु टिम रुसमाथि ३–०को जित निकाल्यो।

बेल्जियमलाई सजह जित दिलाउने क्रममा लुकाकुले २ गोल गरे भने थोमस मुनियरले १ गोल गरे। बेल्जियमले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

१०औं मिनेटमा गोल गर्दै लुकाकुले बेल्मियमलाई सुरुआती अग्रता दिलाए । ३४औं मिनेटमा मुनियरले गोल गर्दै बेल्जियमको अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर ८८औं मिनेटमा लुकाकुले दोस्रो गोल गरेपछि बेल्जियमले रुसममाथि सहज जित निकाल्यो ।

लुकाकुले आफ्ना दुवै गोल आफ्ना क्लब सहकर्मी क्रिस्टियन एरिक्सनको नाममा समर्पण गरे। डेनमामार्क एरिक्सन शनिबार नै भएको युरोकपअन्तर्गत नै फिनल्यान्डविरुद्धको खेलमा पहिलो हाफको अन्त्यरित बेहोस भएर मैदानमै ढलेका थिए।

खेलमा बेल्जियमले रुसमाथि पूर्ण रुपमा दबाब बनाएको थियो । ६७ प्रतिशत बल पोजेसन बनाएको उसले ९ सट प्रहार गरेको थियो, जसमध्ये ४ सट फ्रेममा थियो । यता, रुसले ५ सट प्रहार गर्दा १ सट मात्र फ्रेममा थियो।

Facebook Comments Box