चलेनन् लेवान्डोस्की, स्लोभाकियासँग हार्‍यो पोल्यान्ड

स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न नसकेपछि उनको टिम पोल्यान्ड युरोकपको पहिलो खेलमै पराजित भएको थियो । सोमबार राति रुसको सेन्ट पिटर्सबर्गमा भएको खेलमा लेवान्डोस्की चल्न सक्दा पोल्यान्ड स्लोभाकियासँग २–१ले पराजित भएको हो।

खेलमो स्लोभाकियााई जित दिलाउन मिलान स्क्रिनरले निर्णायक गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो। पोल्यान्डका कारोल लिनेटीले गोल गरेका थिए।

१८औं मिनेटमा आत्मघाती गोलमार्फत खेलमा स्लोभाकियाले अग्रता लिएको थियो । रोबर्ट माकले प्रहार गरेको बल पोस्टमा लागेर फर्कंदै गोलकिपर गोलकिपर वेज्सिएक स्जजेस्नीलाई लाग्दै गोलमा परिणत भएको थियो।

पहिलो हाफमा १–०ले पछि परेको पोल्यान्डले दोस्रो हाफको सुरुआतमै गोल गर्दै खेलालाई बराबरीमा ल्यायो । ४१औं मिनेटमा लिनेटीले गोल गरेका थिए । ६२औं मिनेटमा पोल्यान्ड १० खेलाडीमा सीमित भयो । उसका मिडफिल्डर ग्रेगोर्ज क्रिचोविकले दोहोरो पहेलोँ कार्ड खाँदै मैदान बाहिरिउका थिए ।

त्यसको फाइदा उठाउँदै ६९ औं मिनेटमा स्लोभाकियाले पुनः अग्रता बनायो । तर, कप्तान मरेन हाम्सिकको पासमा स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ को जित दिलाए।

पोल्यान्ड र स्लोभाकियाबीचको खेलको हाइलाइट्स हेर्नुहोस्ः
Facebook Comments Box