वेल्स र स्विटजरल्यान्डले खेले बराबरी

युरोकप अन्तर्गत शनिबार भएको खेलमा वेल्स र स्विट्जरल्यान्डले बराबरी खेलेका छन्। अजरबैजानको बाकुमा भएको खेलमा वेल्स र स्विट्जरल्यान्डले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ब्रिल इम्बोलोको गोलमा ४९औं मिनेटमा स्विट्रल्यानडले सुरुआती अग्रता लियो । उनले जर्डान साकिरीको कर्नरमा हेडिङमा गोल गरेका थिए । ७४औं मिनेटमा वेल्सले बराबरी गोल फर्कायो। किफर मुरले पनि हेडबाट गोल गरेका थिए ।

खेल सकिन पाँच मिनेट अगाडि स्विटजरल्यान्डका लागि मारियो गाभरानोभिचले बललाई पोस्टका दिशा दिए पनि ‘भार’ ले त्यसलाई मान्यता दिएन।

यो नतिजापछि दुवै टिमलै एकरएक अंक बटुले र समूहको मध्यभागमा रहे । यो समूहमा इटली तीन अंकसहित शीर्ष स्थानमा छ । उसले प्रतियोगिताको उद्घाटन खेलमा टर्कीलाई हराएको थियो । टर्की भने शून्य अंकमा अन्तिम स्थानमा रह्यो ।

Facebook Comments Box