
कठीन मोडका रोनाल्डो, के होला भविष्य?
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो करिअरकै कठीन मोडमा छन्। फुबटल करिअरको अउत्तरार्धमा रहेका ३७ वर्षीय रोनाल्डोका लागि समय ठिक चलिरहेको छैन।
म्यान्चेस्टर युनाइटेडसँगको सम्झाृैता रद्द गरेपछि उनी क्लबबिहीन छन् भने उपाधिका लागि बलियो मानिएको उनको टिम पोर्चुगल अप्रत्यासित रुपमा मोरक्कोसँग १–०ले पारजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरियो।
यसपटकको विश्वकप पोर्चुगलका लागि जति महत्त्वपूर्ण थियो त्यसभन्दा धेरै महत्त्वपूर्ण रोनाल्डोका लागि थियो । रोनाल्डोका लागि आफ्नो अन्तिम विश्वकपमा मानिएको कतार विश्वकपमा पोर्चुगललाई जिताउनु रोनाल्डोको खेल करिअरमै एक ऐतिहासिक योगदान हुने थियो ।

पोर्चुगलका लागि त आगामी विश्वकपमा आफूलाई तयार पार्न पर्याप्त समय छ । जुन अवसर र समय एक खेलाडीको रुपमा ३७ वर्षीय रोनाल्डोका लागि छैन । रोनाल्डोको विश्वकप विजेता बन्ने सपना सम्भवतः टुंगिएको छ ।
खेल सकिएसँगै रोनाल्डो निकै निराश र स्तब्ध देखिए। उनका आँखामा आँसु रोकिएनन्, उनी सहकर्मीहरूसँग अंकमाल नगरी उनी मैदानबाट बाहिरिए। ड्रेसिङ रुममा रोनाल्डो एक्लै रोइरहेका थिए।
तर हालसम्म रोनाल्डोले आफ्नो करिअरको भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
कतारको नमिठो पराजयले रोनाल्डोका आगामी क्लब खेलहरू पनि प्रभावित हुनसक्ने बताइन्छ । यसका बावजुद विश्व फुटबल इतिहासमा रोनाल्डो अहिलेसम्मकै महान खेलाडीमध्येका एक हुन् भन्नेमा अधिकांश सहमत छन्।

उनका लागि सबैभन्दा ठूलो क्षण त के हो भने पाँचवटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् रोनाल्डो । जुन कुरा नयाँ पुस्ताका लागि एक प्रेरणा पक्कै बन्न सक्छ ।
रोनाल्डोले १९६ वटा खेलमा ११८ अन्तर्राष्ट्रिय गोलसहित अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा धेरै गोलकर्ताको रूपमा विश्व रेकर्ड राखेका छन्। उनी पाँच पटकको बालोन डी’ओर विजेता साथै चारवटा युरोपेली गोल्डेन सुज विजेता पनि हुन् ।
कतार विश्वकपको पराजयसँगै रोनाल्डो आफ्नो खेल करिअरकै कठिन मोडमा पुगेका छन् । अब उनको विश्वकप कमब्याक त सम्भव छैन नै यसले क्लब गेममा पनि थप अनिश्चितता थपिदिएको छ।