भावुक हुँदै रोनाल्डोले भने- समकक्षी साथीहरू र देशको साथ छोड्ने छैन

Read Time:4 Minute

फुटबलका सुपरस्टार हुन् क्रिस्टियानो रोनाल्डो । देश र क्लबबाट व्यक्तिगत उपलब्धि र कीर्तिमान उनका नाममा थुप्रै छन्। कति कीर्तिमान तोड्न असम्भव छन्, कति तोडिएलान् ।

३७ वर्षीय रोनाल्डोको सबैभन्दा ठूलो महत्वाकांक्षा थियो, विश्वकप उपाधि जित्नु । र, फुटबल करिअरमा चमक थप्नु । तर, उनको त्यो महत्वाकांक्षी सपना अुधुरै रहेको छ।

कतार विश्वकपमा उनको टिम पोर्चुगल मोरक्कोसँग पराजित भएपछि अन्तिम पटक विश्वकप उपाधि जित्ने रोनाल्डोको प्रयास असफल भयो। र, अब उनी अहिल्यै विश्वकपमा देखिने छैनन्।

विश्वकपबाट बाहिएपछि १ दिन पछि रोनाल्डोले विश्वकप जित्नु आफ्नो सबैभन्दा ठूलो र महत्ववाकांक्षी सपना भएको र त्यसको दुःखद् अन्त्य भएको बताएका छन्।

‘पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। दुःखद रूपमा हिजो त्यो सपनाको अन्त्य भएको छ,’ रोनाल्डोले भनेका छन्।

रोनाल्डोले विश्वकपबाट बाहिरिएको झोंकमा केही प्रतिक्रिया दिनुको औचित्य नभएको बताएका छन्। उनले भनेका छन्, ‘धेरै कुराहरू भनिएका छन्, लेखिएका छन् र अनुमान गरिएका छन्, तर म तपाईंहरूलाई के भन्न चाहन्छु भने पोर्चुगलप्रतिको मेरो समर्पणमा रत्तिभर परिवर्तन आएको छैन, एक क्षणका लागि पनि छैन।’

२००६ देखि २०२२ सम्म ५ वटा विश्वकप खेले रोनाल्डो पाँचै विश्वकपमा गोल गर्ने एक्ला खेलाडी हुन्। कतार विश्वकपबाट बाहिरएपछि उनले सामाजिक सञ्जालमार्फत दिएको प्रतिक्रिया जस्ताको तस्तै :

पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश मैले पोर्चुगलसँग र अन्य थुप्रै अन्तर्राष्ट्रिय उपाधि जितें, तर विश्वको सबैभन्दा प्रतिष्ठित र सर्वोच्च प्रतियोगितामा आफ्नो देशको नाम राख्नु मेरो सबैभन्दा ठूलो सपना थियो।

म यसका लागि लडेँ। मैले यो सपनाको लागि निकै संघर्ष गरें। पछिल्ला १६ वर्षमा भएका ५ वटा विश्वकपमा मैले पोर्चुगलका लागि गोल गर्दा मैले सधैं उत्कृष्ट खेलाडीहरूका साथ खेल्न पाएँ, लाखौं पोर्तुगिज समर्थकहरूको साथ र समर्थन पाएँ, र मैले सधैं आफुले सक्ने जति गरिरहें, मैदानमा कहिले पछि हटिनँ। म भिँड्नबाट कहिले पछि हटिनँ, आफ्नो सपनालाई कहिल्यै त्यागिनँ।

दुःखद रूपमा हिजो त्यो सपनाको अन्त्य भएको छ। त्यसको झोंकमा केही प्रतिक्रिया दिनुको केही औचित्य छैन। धेरै कुराहरू भनिएका छन्, लेखिएका छन् र अनुमान गरिएका छन्, तर म तपाईंहरूलाई के भन्न चाहन्छु भने पोर्चुगलप्रतिको मेरो समर्पणमा रत्तिभर परिवर्तन आएको छैन, एक क्षणका लागि पनि छैन। म सँधै हामि सबैको साझा उद्देश्य र सपनाका लागि लडिरहेको थिएँ, म मेरा समकक्षी साथीहरू र मेरो देशको साथ छोड्ने छैन, पछि हट्ने छैन।

अहिलेलाई मेरो यो भन्दा धेरै केही भन्नु छैन। धन्यवाद पोर्चुगल। धन्यवाद कतार, सपना मिठो थियो जबसम्म बाँकी थियो। अब राम्रो सल्लाहकार बन्ने समय हो र सबैलाई आफुखुसी निस्कर्ष निकाल्न छुट छ।

Happy
Happy
0 %
Sad
Sad
94 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
6 %
Previous post कठीन मोडका रोनाल्डो, के होला भविष्य?
Next post कर्मचारीसँग हारे मेयर बालेन
Close