यी हुन् युरोकपमा छाउन सक्ने ५ स्टार

युरोकपको १६औं संस्करणको युरोपका विभिन्न ११ सहरमा जारी छ। मंगलबारबाट युरोकपका समूह चरणका पहिलो चरणका खेल सकिँदै छ। पहिलो चरणका दुई खेलमात्र बाँकी रहँदा अपेक्षा अनुसारनै ठूलो टिम र स्टार खेलाडीहरुले गोल गरिरहेका छन्। जसमा बेल्जियमका रोमेलु लुकाकुदेखि इंग्ल्यान्डका रहिम स्टर्लिङ छन्।

क्लब फुटबलमा लगतार गोल गरिरहेका स्टार खेलाडीले युरोकपमा पनि गोल गरेको हेर्ने चाहना अधिकांश फुटबल प्रेमीको छ। पोर्चुगलका रोनाल्डोदेखि फ्रान्सका करिम बेन्जिमासम्मलाई फुटबल समर्थकले क्लब फुटबलदेखि युरोकपमा पनि पछ्याउने गरेका छन्। यी हुन् युरोकपमा छाउन सक्ने ५ स्टार खेलाडी :

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

क्रिस्टियानो रोनाल्डो युरोकपका सबैभन्दा ठूलो स्टार हुन् । ३६ वर्षीय रोनाल्डोको खेल र उनले गरेको गोलमा रमाउनेको संख्या ठूलै छ।

रोनाल्डोको नाममा युरोकपमा थुप्रै कीर्तिमान छ, त्यसैले उनलाई युरोपकै महान खेलाडी बनाएको छ। लतगार ५ युरोकप खेल्न लागेका रोनाल्डो युरोकपमा सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । उनले अहिलेसम्म २१ खेल खेलेका छन् । यस्तै, उनी सर्वाधिक गोल गर्ने सूचीमा पनि फ्रान्सका मिचेल प्लाटिनीसँगै शीर्ष स्थानमा छन्। दुवै समान ९ गोल गरेका छन् । यो युरोकपमा १गोल मात्र गर्न सके पनि युरोकपको सर्वाधिक गोलकर्ता बन्ने छन्।

३६ वर्षको उमेरमा पनि रोनाल्डोको फर्म उस्तै छ। यो सिजन उनले युभेन्ट्सका लागि ४४ खेलमा ३६ गोल गरे भने सिरिएको सर्वाधिक गोलकर्ता पनि बने। मंगलबार हंगेरीसँग खेल्दै पोर्चुगलले युरोकप उपाधि रक्षायात्रा सुरु गर्दा रोनाल्डोको नजर सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान पनि हुने छ। पोर्चुगलका लागि १०४ गोल गरेका उनले प्रतियोगितमा ६ गोल गर्न सके इरानका अली दाइको कीर्तिमानलाई उछिन्ने छन्।

रोमेलु लुकाकु (बेल्जियम)

लगातार उत्कृष्ट प्रदर्शन गरेपनि बेल्जिमयले अहिलेसम्म उपाधि जित्न सकेको छैन । बेल्जियन टिममा उत्कृष्ट खेलाडीको भीड नै छ । त्यसैले उसलाई उपाधिको दाबेदारका रुपमा हेरिएको छ। त्यसमा स्ट्राइकर रोमेलु लुकाकुको भूमिका महत्वपूर्ण हुने छ।

इटालियन क्लब इन्टर मिलानबाट खेलिरहेका २९ वर्षीय लुकाकु करिअरकै उत्कृष्ट फर्ममा छन्। इन्टर मिलानलाई दशकपछि लिग च्याम्पियन बनाउन लुकाकुको भूमिका महत्वपूर्ण रह्यो। र, रत उनी लिगकै सर्वोत्कृष्ट खेलाडी बने ।

यो सिजन उनले इन्टरका लागि ३० गोल गरेका छन्, र सकर्थकले लुकाकुको त्यही लय युरोकपमा पनि हेर्न चाहेका छन्। युरोकपको पहिलो खेलमा रुसविरुद्ध २ गोल गर्दै लुकाकुले आफ्नो लय यरोकपमा पनि कायमै राख्ने संकेत गरिसकेका छन्। उनले बेल्जियमका लागि ९३ खेलमा ६० गोल गरेका छन्।

ह्यारी केन (इंग्ल्यान्ड)

२७ वर्षीय इंग्लिस स्ट्राइकर ह्यारी क्लब र देशका निरन्तर उत्कृष्ट फुटबल खेल्दै आएका छन् । तर पनि उनले अहिलेसम्म कुनै उपाधि जित्न सकेका छैनन् । त्यसैले त सन् २००९ देखि लागतार टोटनह्यामका लागि खेलिरहेका केन क्लब छाड्ने तयारीमा छन्।

यो सिजन टोटनह्यामले लिगको ७ औं स्थानमा रहेनले केनको प्रदर्शन भने उत्कृष्ट रह्यो । उनी यो सिजन प्रियिमर लिगका सर्वाधिक गोलकर्ता हुन्। उनी सन् २०१९को विश्वकपमा पनि सर्वाधिक गोलकर्ता हुन्।

केनको त्यही फर्म युरोकपमा देख्न अपेक्षा धेरैले गरेका छन् । यस्तो हुनसके इंग्ल्यान्डले उपाधिमा बलियो दाबेदारी दिने निश्चित छ। त्यसको सुरुवातले उसले पहिलो खेलमा क्रोएसियालाई हराएर गरिसकेको छ। भलै सो खेलमा केन गोल गर्न असफल रहे।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

पछिल्ला दुई सिजन विश्वकै सबैभन्दा उत्कृष्ट फर्ममा रहेका स्ट्राइकर हुने पोल्यान्डको रोबर्ट लोवान्डोस्की । सन् २०२० का फिफा वर्ष खेलाडी बायर्न म्युनिखका लेवान्डोस्की यो सिजन पनि त्यसको प्रबल दाबेदार हुन्, सँगै बालोन डे’ओरको पनि।

यो सिजन त उनले बुन्डेस लिगाका गोलको नयाँ कीर्तिमान नै बनाए, २९ खेलमा ४१ गोल गरेर । क्लब फुटबलमा मात्र होइन देशको लागि पनि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

पोल्यान्डका लागि ६६ गोल गरिसकेका पनि युरोकपमा पोल्यान्डका मुख्य हतियार हुन् । उनी पोल्यान्डका अलटाइम टप स्कोरर हुन् । पोल्यान्ड टिम लयमा नरहेकाले युरोकपमा सफलता हात पार्न लेवान्डोस्कीलाई त्यति सहज भने पक्कै हुने छैन।

करिम बेन्जेमा (फ्रान्स)

करिम बेन्जिमा विश्वकप फुटबलमा परिचित नाम हो । ३३ वर्षीय यी स्ट्राइकर युरोकप पुनः आफ्नो छाप छोड्ने तयारीमा छन् । ६ वर्षपछि राष्ट्रिय टिममा पुनरामगन गरेका उनी आफ्नो लयलाई राष्ट्रिय टिममा पनि निरन्तरता दिने प्रयासमा हुने छन्, समर्थकको अपेक्षा पनि यही हुने छ।

सन् २०१५ को विवादास्पद ‘ब्ल्याकमेल’ काण्डमा फसेयता बेन्जिमा पहिलो पटक फ्रेन्च टिममा परेका हुन्। राष्ट्रिय टिममा नरहेपछि रियल मड्रिडबाट उनले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्, त्यसैले उनलाई ६ वर्षपछि राष्ट्रिय टिममा बोलाइएको हो।

यो सिजन ३० गोल गरेका बेन्जिमाको आगमनले फ्रेन्च टिमको स्ट्राकिङ लाइनअप थप बलियो बनेको छ। उनलाई किलियन एम्बाप्पे र एन्टोइन ग्रिजमनको साथ रहने छ।

Facebook Comments Box