युरोकपबाट उदाएका ५ स्टार खेलाडी

युरोकप फुटबलको १६औं संस्करण आइतबार रातिबाट सकिएको छ। लन्डनस्थित वेम्बली रंगशालामा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै इटाली ५३ वर्षपछि च्याम्पियन बन्यो ।

कोभिड महामारीबीच युरोपका विभिन्न ११ सहरमा भएको प्रतियोगितामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, बेल्जियमका रोमेलु लुकाकुदेखि इंग्ल्यान्ड रहिम स्टर्लिङसम्म चले । प्रतियोगितामा उनीहरुले आफ्नो छवि अनुसारकै प्रदर्शन गरे।

युरोकपमा उत्कृष्ट प्रदर्शन गर्दै केही खेलाडीले आफूलाई स्थापित गराए । त्यसमा स्पेनका मिडफिल्डर पेड्रीदेखि इटालियन विंगल फेडेरिको किएजासम्म छन्। युरोकपबाट उदाएका ५ स्टार खेलाडीबारे यहाँ चर्चा गरिएको छः

पेड्री (मिडफिल्डर, स्पेन)

तस्बिरः युइएफए

कोभिडको महामारी नआएको १८ वर्षीय स्पेनिस मिडफिल्डर पेड्री गुमनाम झैँ हुने थिए। उनले स्पेनिस टिममा सायदै मौका पाउँथे। जब कोभिड महामरीले युरोकप एक वर्षपछि स¥यो, तब पेड्रीले स्पेनिस टिम युरोकप खेल्न पाए, र आफूलाई अब्बल मिडफिल्डरका रुपमा उभ्याए।

गत मार्चमा मात्र स्पेनिस टिममा स्थान बनाएका पेड्रीले १० खेलमै आफूले टिमको महत्वपूर्ण हिस्सा बनाएका छन्। ला मासियाका उत्पादन पेड्रीले यो सिजन बार्सिलोनाबाट ला लिगामा उत्कृष्ट प्रदर्शन गरे। उनले यो सिजन ५२ खेल खेल्दै ४ गरेका थिए।

सोही प्रदर्शनका आधारम उनलाई प्रशिक्षक लुइस एनरिकेले गत मार्चमा विश्वकप छनोटको खेल खेल्न स्पेनिस टिममा बोलाए। त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनले सिनियर खेलाडीलाई पछाडि पर्दौ युरोकपको टिममा पनि स्थान बनाए ।

युरोकपमा स्पेनको सेमिफाइनलसम्मको यात्रामा मैदानमा कसैको ठूलो भूमिका छ भने त्यो पेड्रीकै हो । सोही प्रदर्शनकै आधारमा युईएफएले पेड्रीलाई युरोकपको उत्कृष्ट युवा खेलाडी छानेको हो। उनले युरोकपका सबै खेलमा सुरुआतमै परे र पुरै समय मैदानमा बिताए । गोल र असिस्ट नगरेपनि स्पेनिस टिमको मिडलाई एक्लै धानेका थिए।

फेडेरिको किएजा (विंगर, इटाली)

तस्बिरः युइएफए

इटालीले ५३ वर्षपछि युरोकप उपाधि जित्यो, सँगै उसले फेडेरिको किएजाजस्ता युवा स्टार खेलाडी पनि पायो। युरोकपमा उनले गज्जबको प्रदर्शन गरे । युरोकप सुरु हुँदा गुमनामजस्तै रहेका उनी एक महिना अवधिमा स्टार खेलाडीका रुपमा उदायए।

२३ वर्षीय यी युभेन्ट्सको विंगर किएजाले युरोकपको समूह चरणमा मौका त पाए, तर राम्रो प्रदर्शन गर्न सकेनन् । समूह चरणका सुरुआती दुई खेलमा दोस्रा हाफमा मैदान प्रवेश गरे । अन्तिम खेलमा भने प्रशिक्षक रोबर्टे मान्सिनीले किएजालाई सुआतमै खेलाए । उनी खासै चल्न सकेनन्।

त्यसैले मान्सिनीले अन्तिम १६मा उनलाई बेन्चमै राखे । अस्ट्रियाविरुद्धको खेल बराबरी उन्मूख भएपछि मान्सिनीले किएजालाई ८४औं मिनेटमा मैदान दिए । त्यसपछि किएजा खेलमा आफ्नो प्रभाव जमाए । उलने एक्स्ट्रा समयको १५औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाए। सो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।

त्यसपछि किएसाले क्वार्टर, सेमी र फाइनलमा सुरुआती ११मै स्थान बनाए। उनले प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैको ध्यान आफूतर्फ तान्न सफल रहे। तिब्र गतिमा बल विपक्षीको पोष्ट लैजाने र जस्तो सुकै कठीन एंगलबाट पनि बल प्रहार गर्ने उनको खुबीले युरोकपमास सबैको मन जित्यो। उनको बल नियन्त्रणको खुबी पनि गज्जबकै थियो।

प्याट्रिक सिक (स्ट्राइकर, चेक रिपब्लिक)

तस्बिरः युइएफए

प्याट्रिक सिक युरोकपबाट उदाएका अर्का स्टार हुन्। युरोकपअघि कसैले नसुनेको यो नाम युरोकप सकिँदा चर्चित बन्यो र सिक पनि स्टार बने। चेक रिपब्लिकलाई अविश्वसनीय रुपमा क्वार्टरफाइनलसम्म पु¥याउन सिकको भूमिका महत्वपूर्ण रह्यो ।

उनले प्रतियोगितामा ५ खेलमा ५ गोल नै गरे । उनी सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा रहे। युरोकपको पहिलो खेलमै स्कटल्यान्डविरुद्ध २ गोल गर्दै सिकले सबैको ध्यान आफू तर्फ ताने । उनले समूह चरणमै क्रोएसियाविरुद्ध पनि गोल गरे भने अन्तिम १६मा नेदरल्यान्ड्स र क्वार्टरफाइलनमा युक्रेनविरुद्ध गोल गरे ।

समूच चरणको पहिलो खेलमा स्कटल्यान्डविरुद्ध सेन्टर नजिकबाट उनले गरेको गोल युरोकपकै उत्कृष्ट गोल चुनिएको छ। युरोकपमा उत्कृष्ट प्रदर्शन गरेपछि बार्यर लेभरकुसनका यी २५ वर्षीय स्ट्राइकर भित्र्याउन ठूला क्लबले चासो देखाएका छन्।

पिएर एमिल होयबिएर (मिडफिल्डर, डेनमार्क)

तस्बिरः युइएफए

डेनमार्कका यी मिडफिल्डर युरोकपमा खुबै चले । डेनमार्कको अविश्वसनीय सेमिफाइलन यात्रामा यिनको भूमिका निकै महत्वपूर्ण थियो । डिफेन्सलाई सहयोग गर्ने र स्ट्राइकरलाई सहयोग गर्ने दुवै काम मैदानमा यिनी खरो उत्रिए ।

युरोकपमा ६ खेलमै यिनले पुरै सयम मैदानमा बिताए । पहिलो खेलमा फिनल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न चुके पनि आफ्नो प्रदर्शनमा कमी आउन दिएनन्। त्यसैले त उनी युरोकपको टिम अफ द टुर्नामेन्टमा परे।

उनले प्रतियोगितामा ५७० मिनेट मैदानमा बिताउँदा ३ असिस्ट गरेका थिए । उनले ३७० सफल पास खेलेका थिए भने २ ट्याकल र २६ बल रिकभर गरेका थिए।

लियोनार्दो स्पिनाजोला (डिफेन्डर, इटाली)

तस्बिरः युइएफए

चोटका कारण युरोकपबीचमै छाड्नु परे पनि डिफेन्डर स्पिनाजोलाले आफूलाई स्थापित गराए । उनले प्रतियोगितामा ४ खेल खेले र २ असिस्ट गरे ।

उनले समूहका २ र प्रिक्वार्टर र क्वार्टरफाइलनका खेल खेल । क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध दोस्रो हाफमा घाइते भएपछि उनले प्रतियोगिताका बाँकी खेल गुमाए । स्पिनाजोलाको तिब्र गति र फाइनल थर्डमा स्ट्राइरक बल उपलब्ध गराउने खुबी गज्जबको थियो।

सेमिफाइनल र फाइनलमा इटालीको टिममा स्पिनाजोलाको अभाव प्रस्ट देखिएको थियो । उनले ३७९ मिनेट मैदानमा बिताउँदा २७ बल रिकोभर गरेका थिए भने ३ क्लियरेन्स र ३ सट ब्लक गरेका थिए।

Facebook Comments Box