SabaiKhel https://sabaikhel.com Every Game, Everything About the Game. Sat, 28 Dec 2024 13:26:24 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 https://sabaikhel.com/wp-content/uploads/2023/10/cropped-sk-favicon-32x32.png SabaiKhel https://sabaikhel.com 32 32 नितिशको कीर्तिमानी शतक, बक्सिङ डे टेस्टमा भारतको ‘फाइट ब्याक’ https://sabaikhel.com/cricket/nitish-kumar-reddy/ Sat, 28 Dec 2024 13:25:13 +0000 https://sabaikhel.com/?p=9162

आठौं नम्बरमा ब्याटिङ गर्दै अलराउन्डर नितिशकुमार रेड्डीले मेडन शतक प्रहार गरेपछि ‘बोर्डर गावस्कर’ ट्रफीको बक्सिङ डे टेस्रमा भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्ध फाइन ब्याक गरेको छ।

अस्ट्रेलियाले पहिलो इनिङमा ४७४ रन बनाएपछि दोस्रो दिन आफ्नो इनिङ सुरुआत गरेको भारत दिनको समाप्तिमा १६४–५को दाबपूर्ण अवस्थामा थियो। भारतले दिनका १५ मिनेटको खेल बाँकी छँदा ३ विकेट गुमाएको थियो।

चौथो दिनको सुरुआतमै रिषव पन्त र रविन्द्र जडेजा आउट पछि २२१–७को अवस्थामा आएको थियो। त्यसपछि युवा अलराउन्ड नितिशले पहिलो टेस्ट शतक प्रहार गरेपछि भारतले खेलमा पुनरागमन गरेको हो।

तेस्रो दिनको खेल सकिँदा भारत ३५८–९को अवस्थामा छ। यी सिरिजमार्फत टेस्ट क्रिकेटमा डेब्यू गरेका नितिशले स्कट बोलान्डको बलमा चौका प्रहार गर्दै शतक बनाए। उनले १७१ बल खेल्दै १० चौका र १ छक्का प्रहार गरे।

योसँगै २१ वर्षीय नितिश अस्ट्रेलियामा भारतका लागि शतक बनाउने कान्छा खेलाडी बनेका छन्। यो शतक अस्ट्रेलियाविरुद्ध ८ नम्बरको ब्याट्सम्यानले बनाएको पहिलो शतक पनि हो।

भारतलाई फाइट ब्याक गराउन क्रममा नितिशले आठौं विकेटका लागि वासिङट्न सुन्दरसँग १२७ रनको साझेदारी गरेका थिए। सुन्दरले १६२ बलमा ५० रन बनाए।

पहिलो इनिङमा भारत अझै ११६ रनले पछि छ।

]]>
एनपिएलको ट्रफी लिएर राैतहट, महोत्तरी र सिरहा पुग्यो जनकपुर बोल्ट्स, समर्थकमा उत्साह उस्तै https://sabaikhel.com/cricket/npl-winner-2/ Sat, 28 Dec 2024 12:16:44 +0000 https://sabaikhel.com/?p=9156

नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरू महोत्तरीमा ‘ट्रफी परेड’मा सहभागी भएका छन्।

मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउन आइपुगेको खेलाडीसहितको जनकपुर बोल्ट्सको टिमलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे। उनीहरू खेलाडीहरूसँग सडकमा निस्किएर उल्लास मनाएका थिए।

मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे। खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो।

खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा गुरुकूल परिसर पुगेका जनकपुर बोल्टसका खेलाडीलाई वटुकले वैदिक मन्त्रले स्वस्तीवाचन गरेका थिए।

मटिहानीको स्वागत ग्रहणपछि टोली जलेश्वर नगरपालिका गएको थियो। जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले खेलाडीहरुको स्वागत गरेका थिए। नगरबासीले जनकपुर बोल्ट्सका खेलाडीलाई काँधमा बोकेर खुशी व्यक्त गरेका थिए।

नगरप्रमुख सोनारले खेलमार्फत मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलाडीलाई नगरमा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताए।

विजयी टोली जलेश्वरबाट एकडारा गाउँपालिका, मनराशिशवा नगरपालिका, सम्सी र सोनमा गाउँपालिकाका विभिन्न बस्तीहरुमा विजयोत्सव मनाउँदै आजै सर्लाही पुगेको छ।

जनकपुर बोल्टस्का प्रबन्ध निर्देशक निरज खतिवडाले आम नागरिकको चासो र आफूहरुले जितमा देखिएको खुसी एवं आत्मीयताबाट आफूहरुलाई ऊर्जा मिलेको बताए।

जनकपुर बोल्टस्ले एनपिएल जितेको खुशियालीमा मधेस प्रदेशका आठवटै जिल्लामा विजयोत्सव मनाउँदै छ। शुक्रबार धनुषाको जनकपुरधामबाट सुरु भएको ‘ट्रफी परेड’ आज महोत्तरी, सर्लाही र रौतहटमा आयोजना गरिएको हो।

टोलीले आइतबार बारा र पर्सा, सोमबार सिरहा र सप्तरी पुग्ने तालिका छ।

]]>
रोनाल्डोले पाए ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ अवार्ड https://sabaikhel.com/football/ronaldo-4/ Sat, 28 Dec 2024 07:17:24 +0000 https://sabaikhel.com/?p=9153

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डालाई ग्लोब सकर अवार्डमा विशेष अवार्ड प्रदान गरिएको छ। शुक्रबार राति भएको भएको अवार्ड समरोहमा ३९ वर्षीय रोनाल्डोलाई ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ अवार्ड प्रदान गरियो।

रोनाल्डोले करिअरमा १२७७ सय खेल खेल्दै सार्वधिक ९१६ गोल गरेका छन्। उनले क्लबका लागि ७८१ र देशका लागि १३५ गोल गरेका छन्।

यही उपलब्धि लागि ग्लोब सकरले रोनाल्डोलाई ‘बेस्ट गोलस्कोरर अफ अलटाइम’ दिएको हो।

यस्तै, रोनाल्डोले अर्को अवार्ड पनि पाए। साउदीमा व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले मिडल इस्टको उत्कृष्ट खेलाडीको अवार्ड पाए।

अघिल्लो सिजन उनले अल नासरका लागि ५१ खेल खेल्दै ५० गोल गरेका थिए।

]]>
ग्लोब सकर अवार्डामा भिनिसियस बने सर्वोत्कृष्ट खेलाडी, अन्य क-कसले जिते अवार्ड? https://sabaikhel.com/football/globe-score-award-2/ Sat, 28 Dec 2024 06:07:38 +0000 https://sabaikhel.com/?p=9150

रियल मड्रिडका ब्राजिलियन स्टार स्ट्राइकर भिनिसियस जुनियरले वर्ष खेलाडीको अवार्ड जितेका छन्। शुक्रबार राति भएको एक समारोहमा भिनियिसलाई ‘ग्लोब सकर’ अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडीको अवर्डा प्रदान गरिएयो।

अघिल्लो सिजन रियललाई च्याम्पियनस लिग, ला लिगा च्याम्पियन बनाउन उनको भूमिका सबैभन्दा धेरै थियो। गत महिनामात्र उनले ‘फिफा बेस्ट अवार्ड’ जितेका थिए।

महिलातर्फको वर्ष खेलाडी अवार्ड बालोन डे’ओर विजेता बार्सिलोनाक एइटाना बोनमतीले जितेकी छिन्।

रियलका लागि डेब्यू सिजनमै उत्कृष्ट प्रदर्शन गरेका जुड बेलिङ्हमले २ अवार्ड जिते । उनले उत्कृष्ट मिडफिल्डर र म्याराडोना अवार्ड जिते।

यस्तै, रियलकै प्रशिक्षक कार्लो एन्सोलाटी उत्कृष्ट प्रशिक्षक बन्दा रियलले उत्कृष्ट क्लबको अवार्ड प्राप्त गरेको छ। यस्तै, बार्सिलोनाका युवा स्ट्राइकर लमिन यमालले इमर्जिङ प्लेयरको अवार्ड तिजे।

अन्य क–कसले जिते अवार्ड?

बेस्ट एजेन्ट– जोर्गे मेन्डिस
बेस्ट स्पोर्टिङ डाइरेक्टर– पिएरो ओसिलो
बेस्ट क्लब (महिला)– बार्सिलोना
बेस्ट क्लब (मिडल इस्ट)– अल अइन
बेस्ट मिडल इस्ट प्रशिक्षक– जर्गे जेसुस
स्पेसल करिअर अवार्ड– फ्लोरेन्टिनो पेरेज, अलेसान्द्रो डेलपिएरो
प्लेयर करिअर अवार्ड– रियो फर्डिनान्ड, नेमार जुनियर, थिवो कोर्टुवा

]]>
इपस्विचलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लियो https://sabaikhel.com/football/epl-49/ Sat, 28 Dec 2024 05:03:48 +0000 https://sabaikhel.com/?p=9145

आर्सनल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा इपस्विच टाउनलाई १–०ले हराउँदै आर्सनल चेल्सीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

जितपछि १८ खेलमा आसनल ३६ अंकसहित दोस्रो स्थानमा छ। उ शीर्ष स्थानको लिभरपुलभन्दा ६ अंकले पछि छ। लिभरपुलले १७ खेलमा ४२ अंक जोडेको छ।

यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको इपस्विच १२ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। ऊ रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ।

आर्सनलाई जित दिलाउन काइ हाभार्ट्जले निर्णायक गोल गरे। उनले २३औं मिनेटमा लियान्द्रो ट्रोसार्डको पासमा गोल गरेका थिए।

यस्तै, अर्का खेलमा ब्राइटन र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन्।

]]>
जनकपुरमा एनपिएल च्याम्पियनको ‘ट्रफी परेड’, खेलाडीलाई भव्य स्वागत https://sabaikhel.com/cricket/janakpur-bolts-5/ Fri, 27 Dec 2024 09:43:29 +0000 https://sabaikhel.com/?p=9139

नेपाल प्रिमियर लिग (एनपिएल)को च्याम्पियन टिम जनकपुर बोल्ट्सलाई गृहनगरमा भव्य स्वागत गरिएको छ।

शुक्रबार जनकपुरको प्रस्तावित रामजानकी बहुउदेश्यी अन्तर्राष्ट्रिय रंगशालाबाट परिसरबाट सुरु भएको ‘ट्रफी परेड’मा स्थानीयले खेलाडीहरुलाई भव्य स्वागत गरेका थिए।

बिहीबार जनकपुर पुगेको बोल्ट्स टिमले मधेश प्रदेशका विभिन्न स्थानमा ‘ट्रफी परेड’ गर्ने छ। पहिलो दिन च्याम्पियन टिमले जनकपुरधाम परिक्रमा गरेको हो।

रामजानकी अन्तर्राष्ट्रिय रंगशालाबाट बिहान सुरू भएको ट्रफी परेड थापा चोक हुँदै पिडारी चोक, रामानन्द चोक, बजरंग चोक, भ्रमरपूरा चोक, जिरो माइल, विश्वकर्मा चोक, मुरली चोक, रामचोक हुँदै जानकी मन्दिरमा समापन भएका थियो। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विजयी र्‍यालीको शुभारम्भ गरेका थिए।

जनकपुर बोल्ट्सका मार्की खेलाडी आसिफ शेख, कप्तान अनिल साह, ललित राजवंशी, शेर मल्ललगायतका खेलाडीहरू र्‍यालीमा सहभागी थिए । त्यस्तै नेपाल क्रिकेट संघका उपाध्यक्षसमेत रहेका बोल्ट्सका सञ्चालक रोशन सिंह र धनुषा क्रिकेट संघका अध्यक्ष शोभाकान्त पाण्डे पनि र्‍यालीमा सहभागी थिए।

धनुषा क्रिकेट संघको संयोजनमा निकालिएको र्‍यालीमा सहभागी खेलाडीहरू चढेको गाडीमा छतछतबाट पुष्पवृष्टि गरिएको छ। जनकपुर बोल्ट्सले मधेश प्रदेशका ८ वटै जिल्लामा ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।

फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले एनपीएलको ऐतिहासिक उपाधि जितेको थियो।

]]>
युनाइटेडले प्रशिक्षक फेर्‍यो, फेरिएन प्रदर्शन https://sabaikhel.com/football/man-united-6/ Fri, 27 Dec 2024 07:44:38 +0000 https://sabaikhel.com/?p=9135

पछिल्ला दुई सिजन यता म्यान्चेस्टर युनाइटेड निरन्तर खराब प्रदर्शन गरिरहेको छ। एरिक टेन हागको प्रशिक्षणमा युनाइटेडले खराब खेलेपछि उनी आधा सिजन नसकिँदै बर्खास्तीमा परे।

उनको स्थानमा युनाइटेडले पोर्चुगिज युवा प्रशिक्षक रुबेन अमोेरिमलाई नयाँ प्रशिक्षक बनायो। तर, प्रशिक्षक परिवर्तनपछि पनि युनाइटेडको खराब प्रदर्शनको श्रृंखला भने रोकिएको छैन।

गत नोभेम्बर ११मा युनाइटेड आएका अमोरिमको प्रशिक्षमा युनाइटेडले १० खेल खेलेको छ। त्यसमा युनाइटेडले ४ खेल मात्र जित्दा १ बराबरी र ५ खेल हारेको छ।

युनाइटेडले प्रिमियर लिगमा पछिल्ला तीन खेल हारेको छ। म्यान्चेस्टर डर्बीमा सिटीलाई हराएयता युनाइटेड टोटनहम, बोर्नेमाउथ र वुल्भ्ससँग पराजित भएको छ।

बिहीबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको युनाइटेड वुल्भ्ससँग २–०ले पराजित भएको थियो। दोस्रो हाफको सुरुआतमै कप्तान ब्रुनो फर्नान्डेसले रातो कार्ड पाएपछि युनाइटेड दबाबमा आएको थियो। त्यसपछि वुल्भ्सका म्याथुस कुन्हा र ह्वाङ हि चानले गोल गरेका थिए।

जारी सिजन इपिएलमा १८ खेलमा ८ खेलमा पराजित भएको युनाइटेड २२ अंकसहित १४औं स्थानमा छ।

नयाँ प्रशिक्षक अमोरिम टिमको प्रदर्शन सुधार गर्न केही नयाँ खेलाडी जनवरीमा भित्र्याउँन चाहँदैछन्। अहिले अमोरिमको प्राथमिकतामा स्पेनिस क्लब एट्लेटिको बिल्बाओका विंगर निको विलियम्स र बार्सिलोनाका ड्यानी ओल्मोमा छ।

जनवरीमा युनाइटेडका स्ट्राइकर मार्कस रास्फोर्डले क्लब छाड्ने छन्। उनी केही खेलयता युनाइटेडको टिममा छैनन्।

]]>
क्यानले प्रशिक्षक मोन्टी देसाईलाई हटाउने ! https://sabaikhel.com/cricket/monti-desai-5/ Fri, 27 Dec 2024 05:20:00 +0000 https://sabaikhel.com/?p=9133

नेपाललाई एकदिवसीय मान्यता दिलाउन, एकदिवसीय विश्वकप छनोटमा पु¥याउन, टि–२० विश्वकप र एसिया कप खेलाएका राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ।

पछिल्लो समय आईसिसी विश्वकप लिग २मा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि नेपाल क्रिकट संघ (क्यान)ले देसाईको सम्झौता नवीकरण गर्ने तयारी थालेको हो।

देसाईको सम्झौता अवधि नवीकरण नगर्ने सम्बन्धमा क्यानभित्र आन्तरिक छलफल भइरहेको छ। यस विषयमा क्यान सचिव पारस खड्काले पदाधिकारीहरुसँग अनौपचारिक छलफल गरेको बताइएको छ।

सम्झौता नवीकरण नहुने विषयमा प्रशिक्षक देसाईसँग पनि छलफल भइसकेको क्यान स्रोतले जनाएको छ। यसको औपचारिक निर्णय क्यानको बोर्ड बैठकले गर्ने छ।

मोन्टी देसाई ०७९ माघमा नेपाली टिमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

नेपाललाई एकदिवसीय मान्यता, एकदिवसीय विश्वकप छनोट, टि–२० विश्वकप र एसिया कपमा पु¥याएका मोन्टी पछिल्लो समय दबाबमा छन्। विश्वकप लिग–२मा नेपालले १२ खेलमा २ खेल मात्र जितेपछि उनको आलोचना हुन थालेको छ।

]]>
पुनरागमन जितपछि लिभरपुललाई ७ अंकको अग्रता https://sabaikhel.com/football/liverpool-5/ Fri, 27 Dec 2024 05:01:11 +0000 https://sabaikhel.com/?p=9130

इंग्लिस प्रियिमर लिगमा लिभरपुलले पुनरागमन जित निकालेको छ। बक्सिङ डेअन्तर्गत बिहीबार राति भएको खेलमा लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीविरुद्ध १ गोलले पछि गरेको अवस्था उल्टाउँदै ३–१को जित निकाल्यो।

यो जितसँगै लिभपुलले शीर्ष स्थानमा ७ अंकको अग्रता बनाएको छ। उसको १७ खेलमा ४२ अंक छ भने एक खेल बढी खेलेको चेल्सी ३५ अंकसहित दोस्रो स्थानमा छ।

खेलमा लिभरपुलका लागि कोडी गाप्को, कर्टिस जोन्स र मोहम्मद सलाहले गोल गरेका थिए भने लेस्टरका जोर्डन एयूले गोल गरेका थिए।

खेलमा छैठौं मिनेटमा एयूको गोलमा लेस्टर सिटीले सुरुआती अग्रता लियो। पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गाप्कोले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

दोस्रो हाफका सुरुआतमै खेलमा लिभरपुलले अग्रता लियो। ४९औं मिनेटमा उसका जोन्सले गोल गरेका थिए। त्यसपछि ८२औं मिनेटमा सलाहले गोल गरेपछि खेलमा लिभरपुलले ३–१को जित निकाल्यो।

]]>
आफ्नै वडामा आरिफ र आसिफ सम्मानित https://sabaikhel.com/cricket/arif-and-asif/ Thu, 26 Dec 2024 19:01:00 +0000 https://sabaikhel.com/?p=9128

भर्खरै सम्पन्न नेपाल प्रियिमर लिगको फाइनल खेलेर गृहनगर पुगेका राष्ट्रिय टिमका सदस्यद्वय दाजुभाइ आरिफ र आसिफ सेख आफ्नै वडामा सम्मानित भएका छन्।

बिहीबार पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं. १० आरिफ र आसिफलाई सम्मान गरेको हो।

वडा कार्यालयले उनीहरुलाई जनही ५१ हजार रुपैयाँसहित सम्मान गरेको छ। वडा कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै उनीहरुलाई वडाध्यक्ष सुशीलकुमार कानुले नगद र प्रसंशा प्रत्र प्रदान गर्दै सम्मान गरे।

भाइ आसिफको कप्तानीमा जनकपुर बोल्ट्सले एनपिएल उपाधि जितेको थियो भने दाइ आरिफको टिम सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।

]]>