ए डिभिजन लिगको आठौं चरणका खेल आजबाट, पहिलो खेलमा संकटा र सातदोबाटो भिड्दै

सहिद स्मारक लिग ए डिभिजन लिग ०७८ को आठौं चरणको खेल शुक्रबारदेखि सुरु हुँदैछ । त्यसअन्तर्गत सुरुआती दुई खेल दशरथ रंगशालामा हुनेछ । पहिलो खेलमा संकटा क्लबले नवप्रवेशी क्लब सातदोबाटोको सामना गर्नेछ ।

अहिलेसम्म अपराजित संकटा तेस्रो स्थानमा छ । उसको सात खेलबाट १३ अंक छ । उपाधिको होडमा रहन संकटाले सातदोबाटोलाई हराउनु पर्नेछ । सातदोबाटो आठ अंकमा आठौं स्थानमा छ ।

दोस्रो खेलमा एपीएफ र जवलाखेल भिड्ने छन् । एपीएफ सात खेलबाट छ अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल भने सात खेलबाट सात अंकसहित नवौं स्थानमा छ ।

Facebook Comments Box