ए डिभिजन लिगको पाँचौं चरण आजबाट

सहिद स्मारक लिग ए डिभिजन लिगको पाँचौँ चरणका खेल सुरु आजबाट सुरु हुँदैछ। शुक्रबार दुई खेल हुनेछन्, दुवै खेल दशरथ रंगशालामा हुनेछ।

शुक्रबार हुने पहिलो खेलमा सातदोबाटो युथ क्लब र आर्मी भिड्ने छन् भने दोस्रो खेलमा संकटा क्लबले र डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्बल भिड्ने छन्।

सातदोबाटो चार खेलबाट सात अंकसहित पाँचौँ स्थानमा छ । आर्मी भने चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ र उसका सामु सातदोबाटोलाई हराएर शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।

दोस्रो खेलमा उत्रने संकटाको चार खेलबाट आठ अंक छ र चौथो स्थानमा छ । डिफेन्डिङ च्याम्पियन मछिन्द्र भने १० अंकमा शीर्ष स्थानमा रहेको छ । संकटा र मच्छिन्द्र दुवै अपराजित रहेका छन् ।

Facebook Comments Box