कोपा अमेरिकामा अर्जेन्टिनाको लागतार दोस्रो जित

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगितामा अर्जेन्टिनाले लागतार दोस्रो जित हात परेको छ। मंगलबार बिहान भएको खेलमा पारग्वेमाथि १–०को जित निकाल्दै अर्जेन्टिनाले प्रतियोगितामा दास्रो जित निकोको हो।

समूह एका ३ खेलमा ७ अंक जोडेको अर्जेन्टिना शीर्ष स्थानमा छ। ऊ पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा उरुग्वेलाई १–०ले नै हराएको थियो।

अर्जेन्टिनाको जितमा अलेजान्द्रो गोमेजले गरेको गोल गरे । उनले एन्जल डि मारियाको पासमा खेलको दशौं मिनेटमा गोल गरेका थिए ।

खेलमा दबाब भने पाराग्वेले बनाएको थियो । उसले ५७ प्रतिशत बल पोजेसन बनाउँदै अर्जेन्टिनाको पोस्टमा १० सट प्रहार गर्दा २ सट फ्रेममा थियो । यता, अर्जेन्टिनाले ८ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

यसैगरी कोपा अमेरिकाकै अन्य खेलमा चिली र उरुग्वेले १–१ गोलको बराबरी खेल्दा कोलम्बिया पेरुसँग २–१ले पराजित भएको छ ।

Facebook Comments Box