कोपा अमेरिका : पेरु क्वार्टरफाइनलमा, भेनेजुएला बाहिरियो

ब्राजिलमा जारी ४६औं संस्करणको कोपा अमेरिका फुटबलमा गत संस्करणको उपपिवजेता पेरु क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको खेलमा भेनेजुएललाई १–०ले हराउँदै पेरु समूह बीको उपविजेताका रुपमा क्वार्टरफाइनल प्रवेश गरेको हो।

ब्रासिलियामा भएको खेलमा पेरुलाई जिनत दिलाउन आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका थिए।

४ खेलमा २ जित, १ बराबरी र एक हारको सामाना गरेको पेरुले ७ अंक जोड्यो । र, समूह बीमा ब्राजिलभन्दा पछाडि रह्यो। यता, समूहमा २ अंक मात्र जोड्न सकेको भेनेजुएला भने प्रतियोगिताबाट बाहिरियो ।

Facebook Comments Box