फाटीको कमब्याक गोलमा बार्सिलोनाको जित

११ महिनापछि मैदानमा फर्किएका अन्सु फाटीले गोल गरेपछि स्पेनिस ला लिगमा बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा फाटी, मेम्फिस डिपे र लु डे जोङले गोल गरेपछि बार्सिलोनाले लेभान्टेमाथि ३–०को जित निकाल्यो।

छैटौं मिनेटमै पिडेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले प्राप्त पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका हुन् । यस्तै १४ औं मिनेटमा डे जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

८१औं मिनेटमा मैदान प्रवेश गरेका फाटीले इन्जुरी समयका गोल गर्दै बार्सिलोनालई ३–०को जित दिलाए । चोटका कारण फाटी ११ महिनापछि मैदान प्रवेश गरेका हुन्। उनी मैदान प्रवेश गरेसँगै करिब डेढ शतकपछि बार्सिलोनामा १० नम्बरको जर्सीमा मेसीबाहेकका अर्को खेलाडी देखिएपछि।

दुई दशकपछि मेसीले क्लब छाडेपछि बार्सिलोनाले युवा खलाडी फाटीलाई १० नम्बरको जर्सी दिएको हो।

जितपछि ६ खेलबाट १२ अंक जोडेको बार्सिलोनाले अंकतालिकामा पाँचौ स्थानमा उक्लेको छ । ७ खेलबाट १७ अंक जोडेको रियल मड्रिड शीर्ष स्थानमा छ । लेभान्टे ४ अंकसहित १७औं स्थानमा छ।

Facebook Comments Box