फिफा वरियता: शीर्ष ५ मा उक्लियो पोर्चुगल, नेपाल यथास्थानमै

पोर्चुगल फिफा वरियताको शीर्ष ५ मा उक्लिएको छ । रसिया विश्वकप पछि निरन्तार उत्कृष्ट प्रदर्शन गरिरहेका पोर्चुगल युईएफए नेसन्स लिगको सुरुवाती दुवै खेलमा विजयी भएपछि फिफा वरियताको शीर्ष ५मा उक्लिएको हो । फिफाले बिहीबार सर्वाजनिक गरेको वरियतामा पोर्चुगल पाचौं स्थानमा छ ।

दुई स्थान माथि उक्लिँदै पोर्चुगल पाचौं स्थानमा आइपुगेको हो । दुई साता अघि भएको नेसन्स लिगको समूह चरणमा पोर्चुगलले क्रोएसियालाई ४–१ र स्वीडेनलाई २–०ले पराजित गरेको थियो ।

फिफा वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने दोस्रो स्थानमा फ्रान्स छ । यस्तै, तेस्रो स्थानमा ब्राजिल, चौथो स्थानमा इंग्ल्यान्ड, छैठौं स्थानमा उरुग्वे, सातौं स्थानमा स्पेन र आठौं स्थानमा क्रोएसिया छ । नवौं स्थानमा अर्जेन्टिना छ भने दशौं र ११औं स्थानमा कोलम्बिया र मेक्सिको यथावत छन् ।

यसैगरी इटाली, नेदरल्यान्ड्स र जर्मनी १–१ स्थान सुधार गरेका छन् । उनीहरु क्रमशः १२औं, १३औं र १४औं स्थानमा छन् । फिफा वरियतामा स्टोनिया र स्लोभाकियाले सर्वाधिक ४ स्थान गुमाएका छन्।

यसैगरी फिफा वरियताअनुसार १७०औं नेपाल यथास्थामै छ । नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत १०९औं र माल्दिभ्स १५५ औं स्थानमा छन् । दक्षिण एसियामा नेपालभन्दा तलरहेका भुटान १८९औं, बंगलादेश १८७औं, पाकिस्तान २००औं, श्रीलंका २०६औं र स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP